काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयरा जारी गर्न लागेको हो ।
यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो । उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ ।
यस सम्बन्धी सम्झौतापत्रमा क्रेष्ट माइक्रो लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र एनआइएमबि एसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।
लघुजीवन बीमा सेवा दिने उद्देश्यले स्थापित क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले बिमा प्राधिकरणबाट २०८० जेठ ८ मा व्यवसाय सञ्चालन गर्ने स्वीकृती पाएको थियो ।
साथै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो ।
कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ ।