काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकपका लागि बुधवारसम्म राष्ट्रिय टोलीको घोषणा गर्नुपर्ने छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अमेरिका र वेस्ट इन्डिजमा हुने प्रतियोगितामा सहभागी हुने २० वटै टोलीलाई बुधवारसम्म अन्तिम टोली घोषणा गर्नुपर्ने समय सीमा तोकेको छ।
नेपाल क्रिकेट संघ(क्यान)ले पनि विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गर्ने छ। जुन १ देखि प्रतियोगिता सुरु हुँदै छ। नेपालले अहिले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको टी-२० शृङ्खला खेल्दै छ। यो शृङ्खलाका लागि प्रारम्भिकरुपमा १६ सदस्यीय टोली घोषणा गरिएकामा पछि ४ खेलाडी थपिएको थियो।
यो पनि : विश्वकप खेल्ने नेपाली टोली घोषणा, क-कसले पाए माैका ?
वेस्ट इन्डिज ‘ए’ शृङ्खलाका लागि रोहित पौडेल, अनिल शाह, लोकेश बम, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, आकाश चन्द, अविनाश बोहरा, कमलसिंह ऐरी, प्रतिश जिसी, विवेक यादव, ललित राजवंशी, विनोद भण्डारी, करण केसी र सन्दीप जोरा नेपाली टोलीमा छन्।
नेपालले विश्वकपका लागि यसअघि नै सम्भावित टोलीको नाम भने पठाई सकेको छ। अब यीमध्येबाट १५ सदस्यीय टोली घोषणा हुने छ। नेपाल १० वर्षपछि विश्वकपमा सहभागी हुँदै छ।
टी-२० विश्वकपका लागि सम्भावित टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, ललित राजवंशी, कमलसिंह ऐरी, अविनाश बोहरा, प्रतिश जिसी टोलीमा पर्ने सम्भावना बलियो छ।
यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा, क-कसले पाए माैका ?
यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा, यी खेलाडीले पाए माैका
यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?
यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्यो भारतले, सन्जुसहित यी खेलाडीले पाए माैका