काठमाडौं ।
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।
उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।
रविले भने – अहिले भएका कुनै पनि दलमा प्रवेश गर्दिनँ
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू ठूलो काम गर्न नभई आम मान्छेका ससाना समस्या समाधानका लागि राजनीतिमा लागेको स्पष्ट पारे ।
उनले अहिले भएका कुनै पनि दलमा आफू प्रवेश नगर्ने घोषणा पनि गरे । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताए । आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम गरेको, जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।