हेटौंडा/ निर्वाचन नजिकिँदै जाँदा नेकपा एमाले ले हेटौंडामा सञ्चालन गर्दै आएको प्रचार–प्रसार अभियानलाई झनै तीव्र बनाएको छ। हेटौंडा–४ का विभिन्न टोलमा नेता तथा कार्यकर्ताहरूले घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद बढाएका छन्।
पार्टीप्रति विपक्षीले फैलाएको भ्रम चिर्न र आफ्ना उम्मेदवारका पक्षमा जनसमर्थन निर्माण गर्न उद्देश्य राखिएको भेटघाट कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको छ।
कार्यक्रमका क्रममा नवीन सिग्देल, नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य,ले राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गर्न अपील गरे। उनले सडक, खानेपानी, विद्युतीकरण, विद्यालय तथा स्वास्थ्य चौकीको स्तरउन्नति जस्ता क्षेत्रमा एमाले नेतृत्वका सरकारहरूले महत्वपूर्ण काम गरेको दाबी गरे। साथै कृषि र पर्यटन विकासमा पार्टीले देखाएको सक्रियताले मुलुकको समग्र प्रगतिमा योगदान पुगेको बताए।
त्य
सैगरी रघुनाथ खुलाल, प्रदेश कमिटी सचिवालय सदस्य,ले गाउँ–गाउँसम्म विकासको लहर पुगेको, सामाजिक सुरक्षाका कार्यक्रममार्फत ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र दलित समुदाय लाभान्वित भएको उल्लेख गरे। यी सबै कार्यक्रम एमालेकै नीतिगत स्थिरता र जनमुखी शासनका कारण सम्भव भएको उनको भनाइ थियो।
खुलालले एमालेको जनप्रिय कार्यका कारण पार्टीमाथि विभिन्न प्रहार भए पनि जनताले आगामी फागुन २१ गते न्यायपूर्ण निर्णय गर्दै पार्टीलाई बहुमतसहित सत्तामा पुर्याउने विश्वास व्यक्त गरे।
भेटघाट कार्यक्रममा आरती पाठक, शिवहरी दाहाल, मिलन पाठक लगायत जिल्ला कमिटीका विभिन्न तहका नेताहरूको उपस्थिति थियो।















