हेटौंडा/ आर्थिक कठिनाइका कारण नियमित स्वास्थ्य परीक्षण गराउन नसक्ने स्थानीयहरूका लागि हेटौंडा उपमहानगरपालिका–१ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर एउटा महत्वपूर्ण राहतका रूपमा उदाएको छ। वडा कार्यालयले आर्थिक वर्ष २०८२/०८३ अनुसार नकैली शहरी स्वास्थ्य केन्द्र (जरुवाटोल) परिसरमा आयोजना गरेको शिविरले स्थानीय नागरिकलाई घरआँगनमै उपचार पहुँच पुर्याएको छ।
शिविरमा आँखा, दाँत र महिलाहरूको पाठेघर लगायत ओपिडी सेवा सम्बन्धी जाँच गरिएको थियो। कुल २४२ जनाले सेवा लिएको यस कार्यक्रममा आँखा २१६ जस मध्ये ३ जनाको मोतिबिन्दुको अपरेशन गर्नुपर्ने देखिएको छ भने ४८ जनालाई नजिकको पावर चस्मा बितरण तथा निसुल्क औषधि बितरण गरिएको जानकारी वडा सदस्य इश्वरी रसाइलीले दिनुभयो।
दाँत १० र पाठेघरको VIA ५९ जना महिलाले चेकजाँच गराएका छन् भने जस्मा ३ जनाएको रिपोर्ट संकास्पद (पोजेटिभ) देखि एको छ। २३ जनाएको पाठेघरमा औषधि राखियो , ४९ जनालाई पाठेघरको सामान्य संक्रमण देखिएको हुँदा निसुल्क औषधि बितरण यस्तै १ जनाएको पाठेघर खसेको हुदा रिङ राखिएको र ओपिडी सेवा १०९ जना, सुगर चेकजाँच १३७ जनाले गराएको रसाइलिले बताउनुभयो।
स्वास्थ्य परीक्षणका अंकहरू मात्र होइन, परीक्षण गराउन आइपुगेका धेरै स्थानीयले “यसरीै नजिकै स्वास्थ्य सेवा पाउँदा ठूलो सहुलियत भयो” भन्ने प्रतिक्रिया दिएको वडा सदस्य इश्वरी रसाइली बताउनुहुन्छ।
स्वास्थ्य शिविर हेटौंडा अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघ मकवानपुरको समन्वयमा सम्पन्न गरिएको थियो।
कार्यक्रम १ नं. वडा अध्यक्ष सविन न्यौपाने को सभाध्यक्षतामा सुरु भएको थियो। उहाँका अनुसार– “आर्थिक रूपले कमजोर तथा व्यस्तताका कारण स्वास्थ्य जाँचमा पछि परेका नागरिकलाई लक्षित गरेर नै” यो शिविर आयोजना गरिएको हो।
शिविरमा जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरूको सक्रिय सहभागिता देखियो। वडाले भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ, ताकि समुदायलाई नजिकमै गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध रहोस्।

















