फागुन ३ देखि हेटौडामा आधुनिक Suzuki Service Center सञ्चालन हुने

Image

हेटौडा (मकवानपुर) / हिमालयन मोटर्स प्रा.लि.ले हेटौडा–२ चौकी टोलमा अत्याधुनिक सुविधा सम्पन्न Certified Suzuki Service Center सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका अनुसार सेवा केन्द्र आगामी २०८२ फाल्गुन ३ गते देखि औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिनेछ।

कम्पनीले देशभर Suzuki ब्रान्डको सेवा र स्पेयर पार्ट्सप्रतिको विश्वासलाई अझ मजबुत बनाउँदै हेटौडावासी तथा वरपरका ग्राहकलाई छिटो–छरितो, गुणस्तरीय र भरपर्दो सेवा दिने उद्देश्य राखेको छ। नया सेवा केन्द्रमा अत्याधुनिक मेशिनरी, आधुनिक पूर्वाधार तथा दक्ष र अनुभवी प्राविधिक टोली परिचालन गरिने कम्पनीले जानकारी दिएको छ।

साना–ठूला मर्मत, नियमित सर्भिस, Genuine Spare Parts र प्राविधिक परामर्श अब हेटौडामै सहज रूपमा उपलब्ध हुने भएकाले टाढा धाउनुपर्ने झन्झट हट्ने Himalayan Motors को दाबी छ।

कम्पनीका सञ्चालक सम्झौता सापकोटाका अनुसार, “हेटौडा र आसपासका Suzuki सवारीधनीलाई अत्युत्तम र व्यवस्थित सेवा आफ्नै स्थानमै उपलब्ध गराउने लक्ष्यका साथ हामीले Certified Suzuki Service Center सञ्चालनमा ल्याएका हौं। ग्राहक सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता हो,” उनले बताए।

उद्घाटनको अवसरमा कंपनीले सर्भिसमा २५ प्रतिशत तथा लुब्रिकेन्टमा १० प्रतिशत छुटको घोषणा गरेको छ। ग्राहकलाई सेवा अवलोकन तथा उद्घाटन समारोहमा सहभागी हुन आग्रह पनि गरिएको छ।