२२ गते हेटौंडाको हुप्रचौरमा ५४ औँ विश्व वातावरण दिवस : सहभागी हुन सबैलाई हार्दिक निमन्त्रणा

Image

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा ५४ औँ विश्व वातावरण दिवस २०८३ को अवसरमा वृहत् वातावरणीय सचेतनामूलक र्‍याली तथा सप्ताहव्यापी कार्यक्रमको समापन समारोह आयोजना हुने भएको छ।

“समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ आयोजना गरिने उक्त कार्यक्रम जलवायु परिवर्तन तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गर्न लागिएको हो।

समापन समारोहमा सम्पूर्ण टोल विकास संस्था, विद्यालय, क्लब, धार्मिक तथा जातीय संघ–संस्था, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा नगरवासीलाई सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।

कार्यक्रम २०८३ जेठ २२ गते शुक्रबार बिहान ७:०० बजे हेटौंडा–४ स्थित हुप्रचौरमा आयोजना हुने जनाइएको छ।

कार्यक्रमका अध्यक्ष तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्नुभएको छ।