हेटौंडा ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएपछि गएराति कुखुरा साथै कुखुराको अण्डा र दाना पनि नष्ट गरिएको छ ।
नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासनको प्रतिनिधिहरुको उपस्थितीमा कुखुरा नष्ट गरिएको हो ।
खड्काको फार्ममा रहेको कुखुरा ३ हजार ४ सय ५३ वटा साथै ५ हजार ७ सय ८० वटा अण्डा र ४ सय ५० केजी दाना नष्ट गरिएको विज्ञ केन्द्रका प्रदीप सापकोटाले बताएका छन् ।
बैशाख ९ मा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौंमा नमुना पठाईएको थियो। त्यसको ७ दिनपछि बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताएका छन् ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने
टोली फिल्डमा गई आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षणमा भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताएका छन् । आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नष्ट गरिएको उनले बताएका छन् ।
र्यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले किसानले राहत पाउने सुनिश्चितता गर्न पनि आग्रह गरेका छन् ।
















