बैतडी । बैतडीको पाटन नगरपालिका–८ मा आज भएको मतदान पूर्णरूपमा सम्पन्न भएको छ। कुल १ हजार ८ सय ११ मतदातामध्ये ९६७ जनाले मतदान गरेका छन्। यसमा ५१९ महिला र ४४८ पुरुष मतदाताले आफ्नो मतदानको अधिकार प्रयोग गरेका छन्। यस अनुसार कुल ५३.३९ प्रतिशत मत खसेको छ।
वडाको अध्यक्ष हरिस बिष्टले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सबै मतदातालाई धन्यवाद दिएका छन्। उनले मतदाताहरूले जिम्मेवारीपूर्वक मतदान गरेर लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरेका छन् । 
अध्यक्ष बिष्टले आगामी चरणका चुनावहरूमा पनि यसैगरी शान्तिपूर्ण मतदान सुनिश्चित गर्न स्थानीय बासिन्दालाई आह्वान गरेका छन्। साथै, मतदानमा खटिएका कर्मचारी र स्वयंसेवकको योगदानलाई उच्च सम्मान व्यक्त गर्दै, उनीहरूले निर्वाचनको लागि देखाएको मेहनत र समर्पणको प्रशंसा गरेका छन्। 
















