हेटौंडा।
हेटौंडा उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन् । जसमध्ये ११वटा वडाको मतगणना सम्पन्न भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
जानकारी अनुसार ११ वटा मध्ये ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ५ वटा वडामा नेकपा एमाले विजयी भएको छ । हेटौंडा १, २, ३, ६, १६ र १७ नम्बरको वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् भने १ नम्बरमा सविन न्यौपाने २ नम्बरमा विष्णुगोपाल महर्जन ३ नम्बरमा ढलक बहादुर थापा ६ नम्बरमा विष्णु बहादुर दहाल १६ नम्बरमा रामकृष्ण कोइराला र १७ नम्बरमा उद्धव सत्याल विजयी भएका हुन् ।
त्यसैगरी वडा नम्बर ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । ५ नम्बर वडामा सुशील घिमिरे १४ मा दिपक खड्का १५ मा सुनिल मोक्तान १८ मा अनिल कुमार बानियाँ र १९ नम्बरमा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् ।
















