डडेल्धुरा ।
डडेल्धुरा प्रदेशसभा–२ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनले ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेशसभा सदस्यमा निर्वाचन भएका हुन्।
उनका प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्दी बोहराले १० हजार ६ सय ९० मत पाए।
०७४ सालको निर्वाचनमा यहाँ नेपाली काँग्र्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए। मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गर्दा जोशीले १३ हजार ५५ मत पाएका थिए।
को हुन् तारा ?
२७ चैत्र २०२७ मा गन्यापधुरा गाउँपालिकाको बामनगाउँमा बुवा भवानी दत्त जोशी र आमा हरिनादेवी जोशीको जेष्ठ सन्तानका रूपमा जोशीको जन्म भएको हो।
भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका थिए। सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बिए पास गरेका उनले एमए भने भारतको कुमाऊँ विश्व विद्यालय नैनीतालबाट गरेका हुन्।
भारतको प्रतिष्ठीत जवाहरलाल नेहरू विश्वविद्यालयबमट एम फिल र विद्या बारिधि पिएचडी अन्तराष्ट्रिय सम्बन्धमा २०६८ सालमा सकेका हुन्।जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसंगै भएको थियो।
२०४६ सालमा पञ्चायती शासनकाविरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यार्थीसँगै निरंकुशताको विरुद्ध आन्दोलन गरे। जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे। २०४७ तिरै जोशीले बिरभद्र माध्यमिक विद्यालय हालको नबदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे।
आलितालको दुर्गा माविमा समेत शिक्षण पेशामा केही समय विताए। उनले त्यही समयमा संगठनको कामसँगै भुवनेश्वरी मावि बड बसन्तपुरमा शिक्षण पेशामा ४ वर्ष माध्यमिक तहमा अंग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले।
२०५१ देखि २०५३ सम्म डडेल्धुरा काठमाण्डौं सम्पर्क मञ्चको सदस्य हुँदै काठमाण्डौं केन्द्रित राजनीति गरे। २०५३ सालमा डडेल्धुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो।
एक वर्षे जिल्ला कमिटी चलाउदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रूपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रूपमा काम गरे २०६३ को आन्दोलन चल्दै गर्दा पूर्व तत्कालिन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे।
त्यसकाविरुद्ध आन्दोलनमा उत्रिएका डडेल्धुराका राजनीतिक कर्मीलाई पुलिसले गिरफ्तार गर्यो। जोशी २५ दिनका लागि जेल चलान भए। अन्तिममा आएर राजा ज्ञानेन्द्रले नगरपालिकाको नौटंकी चुनाव स्थगित गरे।
२०६२/०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गरे। २६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान गर्यो। आन्दोलन चल्दै गर्दा देशमा लोकतन्त्र आएपछि जोशीलाई कारागारबाट मुक्त गरियो।
उनी २०६९ मा नेकपा एमाले डडेल्धुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए। २०७० सालको संविधान सभा चुनावमा होमीएका उनी पराजित भए। २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए।
उनले उपक्षेत्रीय आन्दोलनको नेतृत्व गरेका थिए भने राष्ट्रिय परिक्षा बोर्ड डडेल्धुराको एकलौटी भर्ती बिरुद्धको आन्दोलनमा समेत होमिएका थिए।
जोशी ‘भिजन डडेल्धुरा’ का अभियान्ता फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेड कम्पनीका संस्थापक अध्यक्ष समेत हुन्। फार वेस्टर्न एग्रो जाईन्टले डडेल्धुरामा भटमास प्रसोधन उद्योग सञ्चालन गरिरहेको छ। जोशी डडेल्धुरा बिमानस्थलका अगुवा समेत हुन्।
नेकपा एमाले बिभाजन भएर दुई टुक्रा हुँदा डडेल्धुरामा बिमानस्थल बनाउने सर्तमा मात्रै उनी माधव कुमार नेपालको नेकपा एस तर्फ लागेको उनी निकट नेता बताउँछन्।