हेटौंडा । बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मीला नेपालले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्य लिएको बताएकी छिन् । बागमती प्रदेशमा खेलकुदमैत्री वातावरण सिर्जना गरेर पूर्वाधार निर्माणमा जोड दिने लक्ष्य लिएको बताएकी हुन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१०,स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद,कृषि तथा पर्यटन महोत्सवमा बिहीबारबाट सुरु भएको प्रथम आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद मन्त्री उर्मीला नेपालले यस्तो बताएकी हुन् ।
खेलकुदमन्त्री उर्मीला नेपालले प्रदेशबाट नव प्रतिभा भएका खेलाडीहरुको खोजी गरेर राष्ट्रियस्तरको प्रतियोगितासँगै अन्तर्राष्ट्रियस्तर सम्मको प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गराउने लक्ष्य लिएको उनले बताइन् । उनले एक स्थानीयतह एक खेल पूर्वाधारलाई प्राथमिकता दिने कार्यक्रममा लागिरहेको बताइन् । प्रदेशको खेलकुद नीति निर्माण प्रक्रियालाई अगाडि बढाएको र त्यसले खेलाडीको पहिचानसँगै प्रोत्साहन र भविष्यको सुनिश्चिततालाई प्राथमिकतामा राख्ने दावी गरेकी छिन्् ।
खेलकुदले युवाहरुलाई कूलत जस्ता नकारात्मक क्रियाकलापबाट दुरी बढाउँदै उनीहरुको उर्जालाई राष्ट्रय निर्माणमा लैजान प्रेरित गर्ने भएकोले प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्यसहित अगाडि बढेको उनले स्पष्ट पारिन् । कुनै पनि एक खेलाडी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएर नेपाली झण्डा उठाएमा नेपालीको शीर गर्वले उच्च हुने र त्यसमा कुनै जातपात धर्मको कुरा ननिकल्ने दावी गर्दै उनले भनिन्– त्यो क्षणले हामीलाई राजनीतिक बिचार भन्दा माथि उठाएर एउटै नेपाली हो भन्ने कुराको पुष्टी गराउँछ । यही भावना आज राष्ट्रय एकताका लागि आवश्यक छ ।
प्रदेश सरकार हरेक समय खेलाडीहरुका लागि संवेदनशील रहेको जानकारी गराइन् । नेपालीहरु बीर गोर्खाली र विश्वकै सबै भन्दा अग्लो हिमाले सगरमाथाको नामले चिनिएको जस्तैगरी सक्षम र सबल खेलाडीहरुको नामले चिनिन सफल भएको बताउँदै उनले भनिन्–हामीले सहि तरिकाले खेलाडीहरुको व्यवस्थापनका लागि के ही गर्न सकेका छैनौं ।,त्यसैले खेलाडीहरुलाई सक्षम र सब बनाउनका लागि आफ्नो जिम्मेवारी निर्वाह पूरा गर्नबाट कुनै कमी कमजोरी नराख्ने विश्वास व्यक्त गरिन् ।
खेलाडीहरुको मर्म र भावनालाई बुझेर प्रदे सरकारले गर्नपर्ने कामबाट पछि नपर्ने प्रतिवद्दता व्यक्त गरिन् । खेलकुद क्षेत्रको विकासका लागि छिटै प्रदेशस्तरीय खेलकुद र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्ने उनले बताइन् । अहिले ५२ प्रतिशत युवाहरु विदेश पलायन हुने अवस्थाको सिर्जना भएको त्यही कुरालाई मध्य नजर प्रतियोगिता आयोजना गर्ने उनको भनाई थियो ।
मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा सुरु भएको प्रतियोगितामा ११ वटा जिल्लाको टिमहरुको सहभागिता रहेको संघका अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी गराएका छन् । प्रतियोगिता भोलि शुक्रबार सम्म सञ्चालन हुने अध्यक्ष बज्राचार्यले बताएका हुन् । यस खघि राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, व्याड्मिन्टन,दौड र जिल्लास्तरीय कराँते प्रतियोगिता सम्पन्न भइसकेको छ । .
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमहरुलाई क्रमशः ५० हजार रुपैयाँ, ३५ हजार रुपैयाँ र २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । विधागत उत्कृष्टतर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । उद्धाटन समारोहमा प्रदेश खेलकुदका पूर्व बोर्ड सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तान लगायतको उपस्थिति रहेको थियो ।















