हेटौंडा / राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१०,स्थित टिसीएन चौरमा जारी दोस्रो बृहत खेलकुद कृषि तथा पर्यटन महोत्सवमा शुक्रबार सम्पन्न भएको राष्ट्रिय आमन्त्रित तेक्वान्दो
प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको हो । मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा बिहिबारबाट सुरु भएर शुक्रबार सम्पन्न भएको प्रतियोगितामा ७ वटा स्वर्ण पदक, १ वटा रजत पदक र १ वटा काँस्य पदक गरी कुल ९ वट पदक प्राप्त गर्दै काभ्रे जिल्लाले उपाधि चुम्न सफल भएको हो ।
नुवाकोट जिल्लाले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा रजत पदकगरी कुल ७ वटा पटक प्राप्त गर्दै उपविजेता बनेको छ । सङ्घीय राजधानी काठमाडौँले २ वटा, स्वर्ण २ वटा रजत र २ वटा कास्य पदक गरी कुल ६ वटा पदक प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा ६ प्रदेशबाट १२ वटा जिल्लाको टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ दाङ जिल्लाकी वर्षा घर्ती मगर घोषित मगर घोषित भएकी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी काभ्रे जिल्लाका किरण तामाङ घोषित भएका छन् । उनीहरू दुवैजनालाई मकनपुरका तेक्वान्डो खेलाडी श्रीराम लामाले आफ्नो व्यक्तिगत तर्फबाट पुरस्कार प्रदान गरेका छन् ।
प्रतियोगितामा आयोजक मकवानपुर ए र बी सहित ललितपुर, दाङ काभ्रे, चितवन, भक्तपुर नुवाकोट काठमाडौँ, रसुवा, पर्सा बारा,कपिलवस्तु लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएका थिए ।
प्रतियोगिताको उपाधि विजेता काभ्रे जिल्लाको टिमले ५० हजार रुपैयाँ सहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता नुवाकोटको टिमले ३५ हजार रुपैयाँ सहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, तेस्रो भएको संघीय राजधानी काठमाडौँको टिमले भने १५ हजार रुपैयाँसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सात प्रदेशको १२ जिल्लाबाट कुल ११ वटा स्वर्ण पदकलाई प्रतिस्पर्धा भएको थियो । प्रत्येक तौल समूह र पुम्से विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश : ३ हजार रुपैयाँ, २ हजार रूपैयाँ र १ हजार ५ सय रुपैयासहित पदक प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय रेफ्री कोर्षमा उत्तीर्ण विमलालाई ५ हजार नगद पुरस्कारले सम्मान
हेटौंडा मकनपुर जिल्ला संघले अन्तर्राष्ट्रिय विमलबहादुर विश्वकर्मालाई सम्मान गरिएको छ । शुक्रबार राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा पाँच हजार रूपैयाँको नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको हो । गत वर्षको जेनवारी १७ तारिखदेखि २० तारिख सम्म डबल टिएफबाट भारतको पुणेमा भएको १३३ औं अन्तर्राष्ट्रिय निर्णायक कोर्षमा सफलता पुर्वक उत्तीर्ण हुन सफल भएकोमा
कामको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो ।
मकवानपुर जिल्ला तेक्वान्दो संघका सदस्य तथा हेटौँडा-९ स्थित जनज्योति तेक्वान्दो डोजाङका सञ्चालक समेत रहेका विश्वकर्माले खेल क्षेत्रलाई अंगाल्दै एक कुशल र सक्षम तेक्वान्दो कर्मीको हैसियतले दर्जनौ राष्ट्रिय प्रतियोगितामा सफल तथा कुशल निर्णयकको भुमिका निर्वाह गरिसकेको छन् ।
मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्नबज्राचार्यको सभाध्यक्षमा तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण समारोह भएको थियो । पुरस्कार वितरण समारोहमा मधेश प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामाको विशेष आतिथ्यथा रहेको थियो । खेलकुद महोत्सवमा पाँच किलोमिटर महिला पुलुस्टर प्रतियोगिता, जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता, राष्ट्रिय महिला भलिबल तथा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता र जिल्लास्तरीय कराँते प्रतियोगिताको आयोजना गरिएको थियो ।















