काठमाडौं । नेपाली क्रिकेट समर्थकहरूका लागि एक उत्साहजनक खबर सार्वजनिक भएको छ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० जना खेलाडीले आफ्नो नाम दर्ता गराएका छन्।
पछिल्ला केही संस्करणका अक्सनमा नेपाली खेलाडीहरूको सहभागिता नदेखिएको अवस्थामा यसपटक भने १० नेपाली खेलाडीले अक्सनमा सहभागी हुन नाम लेखाएका हुन्। अक्सनका लागि कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएकोमा एसोसिएट राष्ट्रका मात्र ४२ खेलाडी समावेश छन्। एसोसिएट राष्ट्रहरूबाट अमेरिकाका १३ जनापछि नेपाल र यूएईका समान १०–१० खेलाडीले नाम दर्ता गराएका हुन्।
आइपिएल २०२७ को मिनी अक्सन आगामी डिसेम्बर १६ तारिखमा भारतको गोवामा आयोजना हुँदैछ। कुल ६६ रिक्त स्थानका लागि हुन लागेको यस अक्सनमा प्रारम्भिक सूचीमा नाम दर्ता गराएका सबै खेलाडीले अन्तिम अक्सन टेबलमा स्थान पाउने छैनन्। अब १० वटै फ्रेन्चाइज टोलीहरूले आ–आफ्नो आवश्यकता अनुसार खेलाडी छनोट (सर्टलिस्ट) गरेपछि मात्र अक्सनको अन्तिम सूची सार्वजनिक गरिनेछ।
नेपाली खेलाडीहरूको यो सहभागिताले उनीहरूलाई विश्वस्तरको फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो प्रतिभा देखाउने र स्थान बनाउने महत्त्वपूर्ण ढोका खुलेको छ।

















