हेटौंडा/ हेटौँडा उपमहानगरपालिका–५ पिप्लेमा सञ्चालित जेनिथ सेकेन्डरी स्कुल तथा सिटी कलेज हेटौँडाकी निर्देशक एवं समाजसेवी सुमनता सिलवालले आफ्नो जन्मदिनको अवसरमा मामाघर नेपाल मकवानपुरलाई एक दिनको खाजा तथा खाना सहयोग गर्नुभएको छ।
२०८३ कात्तिक २४ गते जन्मदिनको अवसर पारेर सिलवालले सडक बालबालिकाको संरक्षण तथा व्यवस्थापनमा सक्रिय मामाघर नेपाललाई उक्त सहयोग उपलब्ध गराउनुभएको हो।
सिलवालले विगत लामो समयदेखि मामाघर नेपाललाई निरन्तर सहयोग गर्दै आउनुभएको छ। स्थानीय दान, चन्दा, उपहार तथा सहयोगबाट सञ्चालन हुँदै आएको मामाघर नेपालले उहाँको सहयोगप्रति आभार व्यक्त गरेको छ।
मामाघर नेपाल परिवारले जन्मदिनको अवसरमा सिलवालको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै धन्यवाद व्यक्त गरेको छ।














