काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरेको छ ।
आइतबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा खेलाडीको बिदाइ गरिएको हो । ३४ सदस्यीय टोली सोमबार (भोलि) थाइल्याण्ड प्रस्थान गर्नेछ । नेपालले थाइल्याण्डसँग १० चैतमा अन्तर्राष्ट्रियस्तरमा मैत्रीपूर्ण र थाइल्याण्डको शीर्ष डिभिजन क्लब चोनबरी एफसीसँग १३ चैतमा खेल्नेछ । दुवै खेल चोनबरीमा हुनेछ ।
यस पछि नेपालले एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल खेल्नेछ । समूह ए मा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
फाइनल टोलीः किरण कुमा लिम्बु (जीके), टिकेन्द्र थापा (जीके), दीप कार्की (जीके), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अञ्जन विष्ट, अरिक विष्ट, नवीन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज जेउ ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द ।
पदाधिकारीः इन्द्रमान तुलाधर (प्रतिनिधि प्रमुख), विजय घले (टिम अफिसियल), पूर्णमान चित्रकार (टीम अफिसियल), अब्दुल्लाह अलमुतैरी (मुख्य प्रशिक्षक), किरण श्रेष्ठ (सहायक प्रशिक्षक), विकास मल्ल (गोलकिपिङ प्रशिक्षक), कृष्णभक्त मानङदार (टिम अफिसियल), मधु सुदन उपाध्याय (टिम म्यानेजर), आविष्कार पुडासैनी (फिजियोथेरापिस्ट), विवेक सुवेदी (मिडिया अफिसर), विकास गुरुङ (किट म्यानेजर)
















