Khabar Board
Flash logo up side
flash header

यी हुन् राशिद खानलाई ‘डर’ लाग्ने ब्याट्सम्यान

Nirbachan m

काठमाडौं ।

राशिद खान विश्वका सबैभन्दा उत्कृष्ट लेग स्पिनरमध्ये एक हुन्। धेरै ब्याटरलाई उनको बल बुझ्न गाह्रो हुन्छ । अफगानिस्तानका यी स्टार लेग स्पिनरले आफ्नो उत्कृष्ट बलिङका आधारमा आइपिएल, बीबीएल, पिएसएल, सीपीएललगायत चर्चित क्रिकेट लिगमा फरक छाप छोडेका छन् ।

राशिदले हालसम्म ९२ आईपीएल खेलमा ६.३८ को इकोनोमी रेटमा बलिङ गरेका छन् । टी–२० करियरमा उनको इकोनोमी रेट ६.३५ छ। विराट कोहली, रोहित शर्मा, जोस बटलर, बाबर आजम, डेविड वार्नर, केन विलियम्सनलगायत विश्वका धेरै स्टार ब्याटर पनि राशिदविरुद्ध ब्याटिङ गर्न संर्घष गर्छन् ।

धेरै स्टार खेलाडी उनीविरुद्ध ब्याटिङ गर्न डराउँछन् । तर, राशिद पनि एउटा ब्याटरविरुद्ध बलिङ गर्न डराउने गरेका छन् । उनलाई भारतीय युवा ब्याटर शुभमन गिलविरुद्ध बलिङ गर्न गाह्रो लाग्छ छ ।

Center article

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा राशिदले भनेका छन्, ‘आईपीएलमा शुभमन गिल हाम्रो टोलीको हिस्सा भएकोमा गर्व छ । उनको उपस्थितिले तपाईंलाई खेलमा धेरै ऊर्जा दिन्छ। गिलले प्रतियोगिताभर जसरी खेले त्यो पत्याउनै नसकिने खालको छ । उनी एक मात्र ब्याटर हुन्, जसलाई बलिङ गर्न गाह्रो लाग्छ । सौभाग्यवश गिल हाम्रो टोलीमा छन् ।’

गिलले आईपीएल २०२२ को फाइनलमा अविजित ४५ रन बनाएका थिए । उनले कप्तान हार्दिक पाण्ड्या र डेविड मिलरसँगको साझेदारीमा गुजरात टाइटन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । गिलले आईपीएल २०२२ मा १६ खेलमा चार अर्धशतकको मद्दतमा ४८३ रन बनाए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.