Khabar Board
Flash logo up side
flash header

ओमानविरुद्ध शानदार प्रदर्शन गरेपछि भारतीय मिडियामा करणको चर्चा

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भयो । बुधबार बिहान सम्पन्न खेलमा ओमानले दिएको १६४ रनको लक्ष्य नेपालले ३३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । ८६ बलमा सात चौका र एक छक्का हिर्काएका आसिफले ६२ रन बनाए । जारी सिरिजमा आसिफको यो लगातार दोस्रो अर्धशतक हो । त्यस्तै, कुशलले ७५ बलमा पाँचसहित ५६ रनको योगदान दिए । देव खनाल १० रनमा आउट हुँदा उपकप्तान रोहित पौडेल (अविजित) ले २६ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट सात रन बनाए ।

त्यसअघि टेक्सासको मोसा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४६.५ बलमा १६३ रनमै अलआउट भयो । उसका लागि कप्तान जीशान मक्सूदले ५२ रन र सन्दीप गौडले ४७ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । ओमानलाई सस्तैमा समेट्ने क्रममा करण केसीले पाँच विकेट लिए ।

९ ओभरमा ३३ रन दिएका उनले ओमानको महत्वपूर्ण पाँच विकेट लिएका हुन् । एकदिवसीय खेलमा करणले लगातार दोस्रो खेलमा पाँच विकेट लिन सफल भए । उनले जारी सिरिजको पहिलो खेलमा ओमानविरुद्ध पनि पाँच विकेट नै लिएका थिए । कप्तान सन्दीप लामिछानेले तीन, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे।

Center article

जितसँगै २ अंक जोडेको नेपाल लिग–२ को अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । ओमानविरुद्धको फराकिलो जितपछि नेपाली टिमको अहिले प्रशंसा भइरहेको छ । नेपालको जित र करण केसीको प्रदर्शनको अहिले देश तथा विदेशमा प्रशंसा भइरहेको हो ।

भारतीय मिडियाले पनि नेपालको फराकिलो जितबारे समाचारलाई उच्च प्राथमिकता दिएको छ । भारतको चर्चित स्पोर्ट्स अनलाइन स्पोर्ट्सकीडाले लेखेको छ, ‘नेपालले वानडेमा उत्कृष्ट प्रदर्शन, करणको घातक बलिङ ।’

नेपालले हालसम्म विश्वकप लिग–२ मा १५ खेलमध्ये सातमा जित र सात खेलमा हारको सामना गरेको छ । नेपालले एक खेल भने बराबर खेलेको छ । नेपालले प्रतियोगिताअन्तर्गत आफ्नो १६ औं खेलमा बुधबार राति अमेरिकाविरुद्ध खेल्दैछ । खेल ९ः१५ देखि सुरु हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.