काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत घरेलु टोली अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।
नेपाल–अमेरिकाबीचको खेल ९ः१५ देखि सुरु हुँदैछ । अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि ओमानसँग १३ रनले पराज बेहोरेको नेपालले अमेरिकासँग टाइ खेल्दा आज बिहान सम्पन्न खेलमा भने ओमानलाई सात विकेटले हरायो ।
अमेरिका पनि दोस्रो जितको खोजीमा छ । यसअघि ओमानलाई ११४ रनले पराजित गरेको उसले नेपालसँग टाइ खेल्दा ओमानसँग १३ रनको हार बेहोर्यो । हालसम्म नेपाल र अमेरिकाले पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा एकअर्काको सामना गरेका छन् ।
जसमा नेपालले तीन र अमेरिकाले एक खेलमा जित हात पारेको छ । अमेरिका–नेपालबीचको एक खेल भने टाइ भएको छ । लिग–२ मा १५ खेलमा १५ अंक जोडेको नेपाल पाँचौं र अमेरिका २३ खेलमा २१ अंकका साथ चौथो स्थानमा छ ।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।