Khabar Board
Flash logo up side
flash header

हार्दिकको कप्तानीमा आयरल्याण्डसँगको सिरिजका लागि भारतको टोली घोषणा, प्रशिक्षक पनि नयाँ

Nirbachan m

काठमाडौं ।

आयरल्याण्डमा हुने टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ । टिममा केही खेलाडी फर्किएका छन् । आयरल्याण्डविरुद्धको सिरिजका लागि हार्दिक पाण्ड्या कप्तान बनेका छन् । इंग्ल्याण्डमा हुने पाँचौं टेस्टका लागि सिनियर खेलाडी त्यसतर्फ जाने भएकाले पाण्ड्यालाई कप्तानको जिम्मेवारी दिइएको हो ।

सूर्यकुमार यादव टिममा फर्किएका छन् । यससँगै सञ्जु सामसनलाई पनि टोलीमा राखिएको छ । ऋषभ पन्त इंग्ल्याण्डमा टेष्ट खेल्न जाने भएकाले पाण्ड्या कप्तान हुनेछन् । अर्को विशेष कुरा राहुल त्रिपाठीले स्थान पाएका छन् । यस टोलीको उपकप्तान भुवनेश्वर कुमारलाई दिइएको छ । भारतीय टोलीले आयरल्याण्ड भ्रमणमा दुई टी–२० खेलको शृङ्खला खेल्नेछ ।
भारत–आयरल्याण्डबीचको सिरिजको खेलहरू जुन २६ र २८ जुनमा हुनेछन् । भिभिएस लक्ष्मण टिम इन्डियाको मुख्य प्रशिक्षकको रूपमा जानेछन् । त्यसबेला मुख्य प्रशिक्षक राहुल द्रविड टेस्ट टोलीसँग इंग्ल्याण्डमा हुनेछन् । जसकारण लक्ष्मणलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । लक्ष्मण एनसीए प्रमुखको रूपमा पनि कार्यरत छन् ।

Center article

आयरल्याण्डविरुद्ध सिरिज खेल्ने भारतीय टोली : हार्दिक पाण्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), इशान किशन, ऋतुराज गायकवाड, सञ्जु सामसन, सूर्यकुमार यादव, वैंकटेश अय्यर, दीपक हूडा, राहुल त्रिपाठी, दिनेश कार्तिक (विकेटकिपर), युजवेन्द्र चहल, अक्षर पटेल, रवि बिश्नोई, अक्षर पटेल, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह र उमरान मलिक ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.