Khabar Board
Flash logo up side
flash header

अमेरिकाविरुद्ध करणको शानदार बलिङ, लिए कप्तानको विकेट

Nirbachan m

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि नेपालले उत्कृष्ट सुरुवात गरेको छ । उत्कृष्ट सुरुवात दिलाउने क्रममा करण केसीले अमेरिकाका आक्रामक ब्याटर स्टिभन टेलर र कप्तान मानांक पटेललाई आउट गरे । टेलर पहिलो ओभरको पाँचौं बलमा एक र पटेल २.५ ओभरमा ४ रनमा आउट भए ।

जारी सिरिजमा टेलर र पटेल शानदार लयमा थिए । टेलरले केही दिनअघि नेपालविरुद्ध शतकीय पारी खेलेका थिए । टेलरले अघिल्लो खेलमा ओमानविरुद्ध पनि ७७ रन बनाएका थिए । नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो । ३ ओभरमा नेपालले अमेरिकाको महत्वपूर्ण २ विकेट लिएर १२ रन दिएको छ । नेपालले आजको खेलमा पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि ओमानसँग १३ रनले पराज बेहोरेको नेपालले अमेरिकासँग टाइ खेल्दा आज बिहान सम्पन्न खेलमा भने ओमानलाई सात विकेटले हरायो ।

Center article

अमेरिका पनि दोस्रो जितको खोजीमा छ । यसअघि ओमानलाई ११४ रनले पराजित गरेको उसले नेपालसँग टाइ खेल्दा ओमानसँग १३ रनको हार बेहोर्‍यो । हालसम्म नेपाल र अमेरिकाले पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा एकअर्काको सामना गरेका छन् ।

जसमा नेपालले तीन र अमेरिकाले एक खेलमा जित हात पारेको छ । अमेरिका–नेपालबीचको एक खेल भने टाइ भएको छ । लिग–२ मा १५ खेलमा १५ अंक जोडेको नेपाल पाँचौं र अमेरिका २३ खेलमा २१ अंकका साथ चौथो स्थानमा छ ।

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सागर ढकाल ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.