Khabar Board
Flash logo up side
flash header

रोहितसम्मिलित पेर्सिक पराजित

Nirbachan m

काठमाडौं ।

प्रतिष्ठित इण्डोनेसिया प्रेसिडेन्ट कपमा नेपाली मिडफिल्डर रोहित चन्दसम्मिलित पेर्सिक केडिरी एफसीले पहिलो खेलमा हार बेहोरेको छ । समूह चरणमा प्रतिस्पर्धा गरिरहेको पेर्सिकले बुधबार डिफेन्डिङ च्याम्पियन एरेमा एफसीसँग १–० को हार बेहोरेको हो ।

पेर्सिक प्रतियोगिताअन्तर्गत समूह ‘डी’ मा रहेको छ । पहिलो खेलमा वैकल्पिक खेलाडीका रूपमा रहेका रोहितले बुधबार भने पहिलो रोजाई मै मैदानमा उत्रिने मौका पाए । यद्यपि उनले टिमलाई जित दिलाउन भने सकेनन् । पेर्सिकले समूह चरणको अन्तिम खेल आउँदो आइतबार पिएसएमविरुद्ध खेल्ने तालिका छ । बुधबार नै भएको अर्को खेलमा पेर्सिकाबोले पिएसएमलाई १–० ले हरायो ।

फिफा विश्वकप खेल्ने ३२ टोलीको टुंगो लाग्याे, तपाइँको मनपर्ने टिम कुन ग्रुपमा?  

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति न्यूजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १-० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो । ​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ ।

Center article

कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ । फिफाले सहभागी हुने ३२ राष्ट्रलाई वरियता क्रममा राखेर ‘ड्र’ गरेको हो ।

कुन समूहमा कुन राष्ट्र ?

समूह ए– कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर । समूह बी– इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स, समूह सी– अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया, समूह डी– फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया ।

समूह ई– स्पेन, जर्मनी, जापान, कोस्टारिका, समूह एफ– बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा, समूह जी– ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच– पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.