Khabar Board
Flash logo up side
flash header

उत्कृष्ट प्रदर्शनका बाबजुद भारतीय टिममा नपरेपछि दु:खी छन् राहुल तेवटिया

Nirbachan m

काठमाडौं ।

अलराउन्डर राहुल तेवटिया आयरल्याण्डविरुद्धको दुई खेलको टी–२० सिरिजका लागि भारतीय टोलीमा अटाउन असफल भएका छन् । बुधबार बिसिसिआईले घोषणा गरेको टोलीमा उनको नाम थिएन । टिममा आफू नअटाएपछि तेवटियाले प्रतिक्रिया दिएका छन् ।

उनले ट्विट गर्दै टोलीमा छनोट नहुँदा निराशा व्यक्त गरेका छन् । ‘धेरै आशाले तपाइँलाई सताउँछ,’ तेवटियाले ट्विट गरेका छन् । आइपिएल २०२२ मा उनको प्रदर्शन शानदार रह्यो । उनले गुजरात टाइटन्सबाट खेल्दा फिनिशरको भूमिका निर्वाह गरे ।

Center article

तेवटियाले गुजरातका लागि केही खेलमा अविश्वसनीय प्रदर्शन गरे । आइपिएल २०२२ मा गरेको उत्कृष्ट प्रदर्शनलाई ध्यानमा राख्दै उनी भारतीय टोलीमा छनोट हुने अपेक्षा गरिएको थियो । तर, आयरल्याण्ड भ्रमणका लागि भारतीय टोली घोषणा गर्दा तेवटियाको नाम थिएन । आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने धेरै खेलाडीले टोलीमा स्थान पाएका छन् । तर, तेवटिया भने परेनन् । भारत र आयरल्याण्डबीचको सिरिज २६ जुनदेखि सुरु हुनेछ ।

आयरल्याण्डसँगको सिरिजका लागि भारतीय टोली : हार्दिक पाण्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), इशान किशन, ऋतुराज गायकवाड, सञ्जु सामसन, सूर्यकुमार यादव, वैंकटेश अय्यर, दीपक हुडा, राहुल त्रिपाठी, दिनेश कार्तिक, युजवेन्द्र चहल, अक्षर पटेल, रवि बिश्नोई, हर्षल पटेल, अक्षर पटेल, आवेश खान अर्शदीप सिंह र उमरान मलिक ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.