Khabar Board
Flash logo up side
flash header

अष्ट्रेलियाका नेरोले न्यूजिल्याण्डविरुद्ध खेले ३०९ रनको पारी, बनाए विश्वकीर्तिमान

Nirbachan m

काठमाडौं ।

अस्ट्रेलियाका दृष्टिविहीन ब्याटर स्टेफन नेरोले न्यूजिल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा इतिहास रचेका छन् । उनले १४० बलमा ४९ चौका र एक छक्कासहित ३०९ रनको शानदार पारी खेल्दै इतिहास रचेका हुन् । नेरोको यो बलियो र अपराजित इनिङ्सका कारण अष्ट्रेलियाले न्यूजिल्याण्डविरुद्ध २७० रनको ठूलो जित हासिल गर्यो ।

ब्रिस्बेनमा तीन घण्टाको ब्याटिङ मास्टरक्लासमा ओपनर नेरोले ४९ चौका र एक छक्का प्रहार गर्दै अस्ट्रेलियाले २ विकेटको क्षतिमा ५४२ बनायो । यो लक्ष्य पछ्याएको न्यूजिल्याण्डको टोलीले २७२ रनमा मात्र बनाउन सक्यो । नेरोले ब्याटिङपछि विकेटकिपिङमा उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्याण्डका ५ ब्याटरलाई रनआउट गरे ।

Center article

नेरोले ट्रिपल सेन्चुरी प्रहार गर्दै पाकिस्तानी ब्याटर मसुद जानको विश्व कीर्तिमान तोडेका छन् । मसुदले सन् १९९८ को ब्लाइन्ड क्रिकेट विश्वकपमा २६२ रनको अपराजित विश्व कीर्तिमान बनाएका थिए । स्टेफन अस्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटमा ट्रिपल शतक बनाउने आठौं ब्याटर बनेका छन् ।

उनको नाम म्याथ्यू हेडन, माइकल क्लार्क र डेविड वार्नर जस्ता दिग्गज ब्याटरको सूचीमा लेखिएको छ । यसअघि निरोले अस्ट्रेलिया र न्यूजिल्याण्डबीचको टी–२० खेलमा लगातार दुई शतक बनाएका थिए । जसमा उनले ४६ बलमा ११३ रन र ४७ बलमा १०१ रन बनाएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.