Khabar Board
Flash logo up side
flash header

पटकपटक विश्वकप फाइनल पुग्दा पनि उपाधि जित्न चुकेका तीन ‘अभागी’ टिम

Nirbachan m

काठमाडौं ।

आगामी सिजनको फिफा विश्वकप फुटबल २१ नोभेम्बरबाट १८ डिसेम्बरसम्म कतारमा सुरु हुँदैछ । प्रतियोगितामा आठ समूहमा रहेर ३२ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ । विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलोपटक हो ।

कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए । समान अङ्क ल्याउने टोलीहरूबीच प्लेअफ खेल भयो ।

सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ । तर, युरोपियन च्याम्पियन इटाली विश्वकपमा छनौट हुन असफल रहेको छ । लिग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ । विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन् । चारपटक विश्व विजेता जर्मनी, दुईपटक विश्व विजेता फ्रान्स, एकपटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन् ।

एसियाबाट ६ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् । जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार रहेका छन् । अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन् । त्यस्तै, दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन् । दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता अर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिँदै छन् ।

Center article

उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन् । विश्वकपको इतिहास हेर्दा हालसम्म आठ देशले उपाधि जितेका छन् । तर, केही टिम भने पटकपटक फाइनल पुगेर पनि उपाधि जित्न चुकेका छन् । विश्वकपमा सबैभन्दा ‘अभागी’ टोलीमा नेदरल्याण्ड्सलाई मानिन्छ ।

तीनपटक फाइनल पुग्दा पनि उपाधि जित्न नसकेकाले डच टोलीलाई ‘अभागी’ भनिने गरिएको हो । ऊ १९७४, १९७८ र २०१० मा फाइनलमा पुगेको थियो । त्यस्तै, चेकोस्लोभाकिया र हङ्गेरी दुई/दुई पटक विश्वकपको फाइनलमा पुगेका छन् ।

चेकोस्लोभाकिया सन् १९३४ र १९६२ तथा हंगेरी सन् १०७८ र १९५४ मा विश्वकपको फाइनलको यात्रा तय गरेको थियो । त्यस्तै, स्विडेन र क्रोयसियाले एक/एक पटक विश्वकप फाइनलको टिकट काटेको इतिहास छ । स्विडेनले सन् १९५८ र क्रोयसियाले २०१८ मा विश्वकपको फाइनल टिकट काटेको थियो ।

याे पनि हेर्नुस्

Comments are closed.