Khabar Board
Flash logo up side
Nirbachan aayog

बेन स्टोक्स भर्सेस हार्दिक पाण्ड्या : कुन उत्कृष्ट? यस्तो छ दुवैको हालसम्मको प्रगति

Nirbachan m

काठमाडौं ।

वर्तमान समयमा इंग्ल्याण्डका बेन स्टोक्स र भारतीय टिमका हार्दिक पाण्ड्या चर्चित अलराउन्डरको रूपमा चिनिन्छन् । दुवै खेलाडी आफ्ना टिमका महत्वपूर्ण सदस्य हुन् । र, यी दुवै खेलाडीमाथि टिमले धेरै भरोसा गर्छ ।

स्टोक्स इंग्ल्याण्डका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पाण्ड्याले पनि भारतका लागि योगदान दिइरहेका छन् । धेरै समयदेखि चर्चा भइरहेको छ कि यी दुवै अलराण्डरमध्ये को उत्कृष्ट? तीनै प्रारूपमा यी दुवै खेलाडीको एकआपसमा तुलना गर्‍यो भने टेष्ट र वानडेमा स्टोक्सको आँकडा धेरै राम्रो छ । त्यस्तै, टी-२० यी दुवै खेलाडीको आँकडा हेर्‍यो भने पाण्ड्या अगाडि छन् ।

स्टोक्सले इंग्ल्याण्डलाई आफ्नो अलराण्डरको प्रदर्शनले सन् २०१९ को विश्वकप जिताएका थिए । हार्दिकको अन्तर्राष्ट्रिय क्रिकेट करियरको सुरुवात भएको पाँच/छ वर्ष मात्र भएको छ । स्टोक्स भने पहिलेदेखि नै अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका छन् ।

हार्दिकभन्दा स्टोक्स बढी अनुभवी खेलाडी हुन् । हार्दिकले टेष्ट र वानडेमा मौका पाएको म्याचमा स्टोक्सको जसरी फाइदा उठाउन सकेका छैनन् । हार्दिक जसरी आईपीएलमा प्रदर्शन गर्छन् त्यसरी अन्तर्राष्ट्रिय क्रिकेटमा चम्किन सकेका छैनन् ।

उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने अझैँ उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । स्टोक्स इंग्ल्याण्डका लागि कुनै पनि नम्बरमा ब्याटिङ गर्छन् । हार्दिकसँग तुलना गर्दा उनी धेरै अगाडि छन् ।

Panacea Education

वर्तमान समयमा स्टोक्स एकदिवसीय अलराउन्डरतर्फ सातौं र टेष्ट वरियतामा पाँचौं स्थानमा छन् । तर, पाण्ड्या भने अहिले वरियताको टप-१० मा पनि छैनन् । हालसम्म स्टोक्सले १०१ एकदिवसीय, ८१ टेष्ट र ३४ टी-२० म्याच खेलेका छन् । उनले टेष्टमा ५ हजार २३७ रन बनाउँदा १७७ विकेट लिएका छन् ।

उनले टेष्टमा २८ अर्धशतक र ११ शतक बनाएका छन् । ३१ वर्षीय स्टोक्सले १०१ एकदिवसीय म्याचको ८६ पारीमा २ हजार ८७१ रनका साथै ७४ विकेट लिएका छन् । वानडेमा उनले २१ अर्धशतक र तीन शतक बनाएका छन् ।

स्टोक्सले टी-२० मा ३४ पारीमा ४ सय ४२ रनका साथै १९ विकेट लिएका छन् । उनले हालसम्म यो प्रारूपमा अर्धशतक बनाउन सकेका छैनन् । २८ वर्षीय हार्दिकले हालसम्म ६३ वानडेको ४६ पारीमा सात अर्धशतकको मद्दतमा १ हजार २ सय ८६ रन बनाएका छन् । वानडेमा उनले ५८ इनिङ्समा ५७ विकेट लिएका छन् ।

पाण्ड्याले ११ टेष्टको १९ पारीमा एक शतक र चार अर्धशतकसहित ५२८ रन बनाएका छन् । उनले टेष्टमा १७ विकेट लिएका छन् । हार्दिकले ४७ टी-२० को ३९ पारीमा ६ सय २४ रन बनाएका छन् । उनले पनि टी-२० हालसम्म अर्धशतक बनाउन सकेका छैनन् । यो प्रारूपमा पाण्ड्याले ४२ विकेट लिएका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.