Khabar Board
Flash logo up side
flash header

नेपालले क्यानडासँग दुई सिरिज खेल्ने, यस्तो छ भ्रमण तालिका

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडासँग सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले दुई–दुई खेलको टी–२० र एकदिवसीय सिरिज खेल्न लागेको हो । सिरिज क्यानडामा हुनेछ ।

नेपालले क्यानडासँग सुरुआतमा टी–२० सिरिज खेल्नेछ । पहिलो टी–२० असार १४ गते र दोस्रो टी–२० असार १५ गते हुनेछ । यस्तै, नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय असार २० र दोस्रो एकदिवसीय असार २१ गते हुने क्यानले जनाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डमा आयोजना हुने त्रिदेशीय सिरिजअघि नेपालले क्यानडासँग सिरिज खेल्न लागेको हो ।

Center article

लिग–२ कै सिरिजका लागि नेपाली टोली यतिबेला अमेरिकाको भ्रमणमा रहेका छन् । नेपालले स्कटल्याण्डमा आयोजक र नामिबियाविरुद्ध खेल्नेछ । सिरिज आगामी जुलाईमा हुनेछ । स्कटल्याण्डको सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल ११ जुलाईमा हुनेछ ।

नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध १३ जुलाईमा खेल्ने तालिका छ । नेपालले तेस्रो खेलमा नामिबियाको सामना गर्नेछ । सो खेल १६ जुलाईमा हुनेछ । अन्तिम खेलमा नेपालको भेट घरेलु टोली स्कटल्याण्डसँग हुनेछ । नेपाल–स्कटल्याण्डबीचको खल १७ जुलाईमा हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.