Khabar Board
Flash logo up side
Nirbachan aayog

टी–२० च्याम्पियनसिपमा भुटानसँग भिड्दै नेपाल

Nirbachan m

काठमाडौं ।

एसिसी महिला टी-२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले आज भुटानकाे सामना गर्नेछ । खेल मलेसियाकाे युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान पाैने ९ बजे सुरु हुनेछ ।

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ । भुटान पनि जित हात पार्दै सुखद विजयी सुरुवात गर्ने याेजनामा छ । च्याम्पियनसिपमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

Panacea Education

च्याम्पियनसिपकाे समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टाेलीले महिला टी-२९ एसिया कप खेल्न पाउनेछन् ।

च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.