Khabar Board
Flash logo up side
flash header

अस्ट्रेलियाविरुद्ध श्रीलंका विजयी, यी खेलाडी बने जितको ‘हिरो’

Nirbachan m

काठमाडौं ।

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु श्रीलंका डकवर्थ लुइस पद्धति (डिएलए) का आधारमा २६ रनले विजयी भएको छ । योसँगै पाँच श्रृखंला १–१ को अवस्थामा आइपुगेको छ । पहिलो खेल अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो । बिहीबार राति सम्पन्न तेस्रो खेलमा श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७ ओभर १ बलमा १८९ रनमै समेटियो ।

उसका लागि डेविड वार्नरले ३७, ग्लेन म्याक्सवेलले ३०, स्टिभ स्मिथले २८, ट्रभिस हेडले २३, मार्नस लाबुसेनले १८, एलेक्स क्यारीले १५ र कप्तान आरोन फिन्चले १४ रन बनाए । श्रीलंकाका लागि चामिथा करुनारत्नेले ७ ओभरमा ४७ रन दिएर सर्वाधिक तीन विकेट लिए । त्यस्तै, दुश्मन्था चामेरा, धनन्जय डिसिल्भा र दुनिथ वेललागेले दुई/दुई विकेट हात पारे ।

Center article

त्यसअघि पल्लेकेलेस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रन बनायो । वर्षा बाधक बन्दा उसले पूरा ओभर खेल्न नपाएको हो ।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक ३६, कप्तान दसुन शानका र धनन्जय डी सिल्भाले ३४/३४, दुनिथ वेललागेले २०, धनुष्का गुणथिलका र चमिका करुणारत्नेले १८/१८ रन जोडे । अस्ट्रेलियाका लागि प्याट कमिन्सले चार, ग्लेन म्याक्सवेल, म्याथ्यू कुहनेमनले दुई/दुई र मिचेल स्वेप्सनले एक विकेट लिए । अस्ट्रेलिया–श्रीलंकाबीचको तेस्रो खेल आइतबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.