Khabar Board
Flash logo up side
flash header

भुटानलाई बलियो लक्ष्य दिन चुक्यो नेपाल, सोनमले गरिन् अविश्वसनीय बलिङ

Nirbachan m

काठमाडौं ।

एसिसी महिला टी–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो ।

नेपालका लागि काजल श्रेष्ठले ३५ बलमा २६, कप्तान रुबिना क्षेत्रीले २२ बलमा २१, इन्दु वर्माले २६ बलमा २० रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । नेपालले सुरुवाती पाँच ओभरमा १५ रन जोड्दा महत्वपूर्ण तीन विकेट गुमाएको थियो । निकै खराब सुरुवात गरेको नेपालको पारीलाई काजल र रुबिनाले उकासे ।

बलिङमा भुटानकी सोनम पाल्देनले शानदार बलिङ गरिन् । चार ओभरमा एक मेडनसहित १३ रन मात्र दिएकी उनले सर्वाधिक चार विकेट लिइन् । उनकै अविश्वसनीय बलिङमा नेपालले विशाल लक्ष्य दिन असफल भयो ।

Center article

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुवात गर्न चाहन्छ । भुटान पनि जित हात पार्दै सुखद विजयी सुरुवात गर्ने योजनामा छ । च्याम्पियनसिपमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन तथा समूह ‘ए’ मलेसिया, यूएई, ओमान, कतार र सिंगापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँदा फाइनल पुग्ने टोलीले महिला टी–२९ एसिया कप खेल्न पाउनेछन् ।

च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.