Khabar Board
Flash logo up side
flash header

यशस्वी जैसवालले ५४ बलमा खोले खाता, त्यसपछि खेले १८१ रनको शानदार पारी

Nirbachan m

काठमाडौं ।

भारतका जारी रणजी ट्रफीको दोस्रो सेमिफाइनलको दोस्रो इनिङ्समा पनि युवा ब्यार यशस्वी जैसवालले शतकीय पारी खेलेका छन् । मुम्बईको टिमबाट खेलिरहेका उनले उत्तर प्रदेशविरुद्ध दोस्रो इनिङ्समा ३७२ बलमा २३ चौका र एक छक्कासहित १८१ रनको पारी खेलेका हुन् । जैसवालले ५४ बलको सामना गर्दै रनको खाता खोलेका थिए ।

निकै धैर्य भएर सुरुवात गरेका उनले त्यसपछि भने विशाल पारी खेल्न सफल भए । यशस्वीले पहिलो पारीमा २२७ बलमा १५ चौकासहित १०० रन बनाएका थिए । उनकै शानदार ब्याटिङमा चौथो दिनको खेल सकिँदा मुम्बईले ६६२ रनको अग्रता बनाएको छ ।

Center article

दोस्रो पारीमा जैसवालले १८१ बाहेक अरमन जाफरले १२७, कप्तान पृथ्वी शाले ६४ रनको शानदार पारी खेले । पहिलो इनिङ्समा मुम्बईको टिम ३९३ रनमा अलआउट भएको थियो । सो पारीमा मुम्बईका लागि जैसवालले शतक, हार्दिक तमोरले ११५, साम्स मुलानीले ५०, सरफराज खानले ४०, सुवेद पार्करले ३२ र तनुस कोटियानले २२ रन जोडे ।

कप्तान पृथ्वी शा भने शून्यमै आउट भए । उत्तर प्रदेशका लागि करण शर्माले सर्वाधिक चार विकेट लिए । उत्तर प्रदेशको टिमले पहिलो पारीमा १८० रनमै समेटियो । उसका लागि शिवम् मावीले सर्वाधिक ४० रन बनाए । मुम्बईका लागि मोहित अवस्थी, तनुस कोटियान, तुषार देशपाण्डेले तीन/तीन र धवल कुलकर्णीले एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.