Khabar Board
Flash logo up side
flash header

नेपालको फिफा वरियतामा सुधार, यस्तो छ नयाँ स्थान

Nirbachan m

काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमले फिफा वरियता सुधार गरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले सुधार गर्दै १०१ औं स्थानमा उक्लिएको हो । नेपालले वरियतामा एक स्थान सुधार गरेको हो । यसअघि नेपालको वरियता १०२ स्थानमा थियो ।

महिला वरियताको शीर्ष स्थानमा अमेरिका कायमै छ । त्यस्तै, दोस्रो स्थानमा स्वीडेन, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौंमा जर्मनी छन् । दक्षिण एसियामा भारत वरियताको शीर्ष स्थानमा छ । ऊ ५६औं स्थानमा छ ।

दक्षिण एसियाको तेस्रो स्थानमा रहेको बंगलादेश वरियताको १४६ औं स्थानमा छ । यस्तै, चौथो स्थानमा रहेको श्रीलंका १५४ औं स्थानमा छ । पाँचौं स्थानमा रहेको माल्दिभ्स १ सय ५३औं र छैटौं स्थानमा रहेको भुटान १७२ औं स्थानमा छ ।

सबनम राईको अविश्वसनीय बलिङमा भुटानमाथि नेपालको फराकिलो जित

नेपालले एसिसी महिला टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले आज सम्पन्न आफ्नो पहिलो खेलमा भुटानलाई ५० रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

Center article

भुटानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा सबै विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सक्यो ।

उसका लागि छिरिङ जाङ्मोले १६ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि सबनम राईले उत्कृष्ट बलिङ गरिन् । २.५ ओभर बलिङ गरेकी उनले ६ रन दिएर चार विकेट लिए । त्यस्तै, कविता कुँवर, सीता राना मगरले दुई/दुई तथा अस्मिना कर्मचार्य र इन्दु वर्माले एक/एक विकेट हात पारे ।

त्यसअघि मलेसियाको यूकेएम क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६, कप्तान रुबिना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भुटानका लागि सोनम पाल्डनले चार तथा अञ्जु गुरुङ र टासी चेकीले एक/एक विकेट लिँदा तीन विकेट रन आउटका रुपमा प्राप्त भयो । जितसँगै समूह ‘बी’ को नेपालले दुई अंक जोडेको छ । आफ्नो दोस्रो खेलमा शनिबार नेपालले कुवेत तथा भुटानले हङकङको सामना गर्नेछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.