Khabar Board
Flash logo up side
Nirbachan aayog

इंग्ल्याण्डविरुद्ध म्याक्सको आक्रामक अर्धशतक, नेदरल्याण्ड्सले पूरा गर्‍यो शतक

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्स टोलीका ओपनिङ ब्याटर म्याक्स ओदाउदले अर्धशतक पूरा गरेका छन् । उनले ४८ बलमा ६ चौका र दुई छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् । एकदिवसीयमा म्याक्सवको यो छैटौं अर्धशतक हो ।

इंग्ल्याण्डले ४९९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले १७.२ ओभरमा २ विकेट गुमाएर १०१ रन बनाएको छ । त्यसअघि एम्स्टेलविन वीआरए ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४९८ रन बनायो । योसँगै इंग्ल्याण्डले आफ्नै नामको कीर्तिमान तोडेको छ ।

उसले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो लक्ष्य दिने मामलामा आफ्नै ४८१ रनको लक्ष्य भंग गरेको हो । इंग्ल्याण्डले सो लक्ष्य सन् २०१८ मा अष्ट्रेलियाविरुद्ध बनाएको थियो । अब सो विश्वकीर्तिमान इंग्ल्याण्डले चार वर्षपछि तोडेको छ ।

नेदरल्याण्ड्सलाई कीर्तिमानी लक्ष्य दिने क्रममा तीन ब्याटरले शतकीय पारी खेले । जोस बटलर, डेविड मलान र फिल साल्टले शतकीय पारी खेलेका हुन् । बटलरले ७० बलको सामना गर्दा १४ छक्का र सात चौकासहित अविजित १६२ रन बनाए । एकदिवसीयमा उनको यो उच्च स्कोर हो ।

Panacea Education

त्यस्तै, मलानले १०९ बलमा नौ चौका र तीन छक्कासहित १२५ रनको पारी खेले । त्यस्तै, साल्टले ९३ बलमा १४ चौका र तीन छक्काको मद्दतमा १२२ रनको योगदान दिए । एकदिवसीय अन्तर्राष्ट्रियमा मलान र साल्टको पहिलो शतक हो । जेसन रोय एक र कप्तान इयोन मोर्गन भने शून्यमै आउट भए ।

त्यस्तै, लियाम लिभिङस्टोनले २२ बलमा ६ छक्का र ६ चौकाको मद्दतमा ६६ रनको आक्रामक पारी खेले । नेदरल्याण्ड्सका लागि पिटर सीलारले दुई, लोगानभान बीक र सेन सान्टनरले एक/एक विकेट लिए ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.