Khabar Board
Flash logo up side
flash header

दक्षिण अफ्रिकामाथि भारतको ऐतिहासिक जित, यी तीन खेलाडी बने जितको ‘हिरो’

Nirbachan m

काठमाडौं ।

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा भारत ८२ रनले विजयी भएको छ । योसँगै भारतले इतिहास रचेको छ । उसले पहिलोपटक दक्षिण अफ्रिकालाई फराकिलो रनअन्तरले हराउँदै इतिहास रचेको हो । शुक्रबार राति भएको खेलमा भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.५ ओभरमा ९ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।

टी–२० दक्षिण अफ्रिकाको यो हालसम्मकै कम स्कोर हो । उसका लागि रस्सीभानडर दुसेनले २०, क्विन्टन डिककले १४ र मार्को जेन्सनले १२ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । भारतका लागि आवेश खानले ४ ओभरमा १८ रन दिएर चार विकेट लिए ।

त्यस्तै, युजवेन्द्र चहल, अक्षर पटेल र हर्षल पटेलले एक/एक विकेट हात पारे । त्यसअघि राजकोटस्थित सौराष्ट्र क्रिकेट संघ स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाए । उसका लागि दिनेश कार्तिक र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले ।

कार्तिकले २७ बलमा ९ चौका र दुई छक्कासहित ५५ रनको पारी खेले । टी–२० अन्तर्राष्ट्रियमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च स्कोर ४८ रन थियो । त्यस्तै, ३१ बलको सामना गरेका हार्दिकले तीन चौका र तीन छक्का हिर्काउँदै ४६ रन बनाए ।

Center article

उनको पनि यो टी–२० अन्तर्राष्ट्रिय करियरकै उच्च स्कोर हो । यसअघि टी–२० मा उनको उत्कृष्ट ब्याटिङ ४२ रन बनाउनु थियो । तेस्रो खेलमा इशान किशन २७, कप्तान ऋषभ पन्त १७, ऋतुराज गायकवाड पाँच र श्रेयस अय्यर चार रनमा आउट भए । त्यस्तै, अक्षर पटेल चार र हर्षल पटेल एक रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि लुंगि एन्गिडीले दुई, ड्वेन प्रिटोरियस, केशव महाराज, एनरिक नोर्टजे र मार्को जेन्सनले एक/एक विकेट हात पारे । पाँच खेलको सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले २–१ को अग्रता बनाएको छ । ऊ पहिलो खेलमा सात र दोस्रो म्याचमा चार विकेटले विजयी भएको थियो ।

यो जितसँगै पाँच खेलको सिरिज २–२ को रोमाञ्चक बराबरीमा आएको छ । तेस्रो खेलमा भने भारत ४८ रनले विजयी भयो । अब भारत–दक्षिण अफ्रिकाबीचको निर्णायक खेल अर्थात पाँचौं खेल आइतबार हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.