Khabar Board
Flash logo up side
Nirbachan aayog

च्याम्पियनसिपमा कुवेतसँग भिड्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज कुवेतको सामना गर्दैछ । नेपाल–कुवेतबीचको खेल मलेसियाको किनरारा मैदानमा मध्यान्ह १२ः४५ देखि सुरु हुनेछ । नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

पहिलो खेलमा शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जितको खोजीमा छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले रद्द भएको थियो । हालसम्म कुवेतविरुद्ध नेपालले दुईपटक खेलेको छ । जसमा दुवै खेल नेपालले जितेको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले आउँदो खेलहरूमा हङकङ र बहराइनको सामना गर्ने तालिका छ । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप खेल्ने छन् ।

कुवेतविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : इन्दु रावल, ज्योति पाण्डे, सीताराना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, रुबिना क्षेत्री (कप्तान), ममता चौधरी, डली भट्ट, कविता कुँवर, अश्मिाना कर्माचार्य र संगिता राई ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.