काठमाडौं ।
दक्षिण अफ्रिकाविरुद्धको चौथो टी–२० जितको श्रेय भारतीय टोली दिनेश कार्तिकलाई जान्छ । उनी कठिन समयमा क्रिज आए । र, कार्तिकले उत्कृष्ट फिनिसिङ गरे । उनले यही खेलमा आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतक पनि बनाए ।
२७ बलमा ९ चौका र दुई छक्का हिर्काएका कार्तिकले ५५ रनको आक्रामक पारी खेले । खेल जिताउन ‘नायक’ सावित भएका उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भए । टिमको जितमा अहम् भूमिका खेलेका कार्तिकले प्रतिक्रिया दिएका छन् । उनले उत्कृष्ट पारी खेल्दै टिमलाई जिताउन सकेकोमा खुसी लागेको बताए ।

‘म यो सेटअप मा धेरै सुरक्षित महसुस गर्छु । मेरो प्रदर्शनको श्रेय मेरो प्रशिक्षकलाई जान्छ । चौथो खेलको पिच ब्याटिङ गर्न गाह्रो थियो। हाम्रा ओपनरहरूले सामान्यतया राम्रो सुरुवात दिएका छन्। जब म गएँ, हार्दिकले मलाई समय लिन भने। यो महत्त्वपूर्ण थियो कि खेलाडीहरू लामो समयदेखि वरिपरि रहेका यस्ता पिचहरूमा उभिनु आवश्यक थियो,’ खेल सकिएपछि ३७ वर्षीय कार्तिकले भने, ‘बैंगलोर मेरो घरेलु मैदान हो। त्यहाँ धेरै खेलेको छु। द्विपक्षीय शृंखला फाइनलसम्म पुग्नु राम्रो हो । यसको श्रेय राहुल द्रविडलाई जान्छ। उहाँसँग शान्तको अद्भूत भावना छ ।’
गएराति सम्पन्न खेलमा पहिला ब्याटिङको मौका पाएको भारतले ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाको टोली ८७ रनमै अलआउट भयो । उसका लागि रस्सीभानडर दुसेनले सर्वाधिक २० रन बनाए । भारतको यो जितसँगै शृङ्खला अब २–२ को बराबरीमा पुगेको छ । भारत–दक्षिण अफ्रिकाबीचको निर्णायक तथा पाँचौं खेल आइतबार हुनेछ ।
