Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपाल टस हारेर कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै

Nirbachan m

काठमाडौं ।

नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । किनरारा एकेडेमी ओभल मैदानमा भर्खर सम्पन्न टसमा कुवेतले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा शुक्रबार नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जितको खोजीमा छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले रद्द भएको थियो । हालसम्म कुवेतविरुद्ध नेपालले दुईपटक खेलेको छ । जसमा दुवै खेल नेपालले जितेको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालले आउँदो खेलहरूमा हङकङ र बहराइनको सामना गर्ने तालिका छ । नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।

Panacea Education

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–२० एसिया कप खेल्ने छन् ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।

 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.