Khabar Board
Flash logo up side
Nirbachan aayog

कुवेतविरुद्ध रुबिना र इन्दुले बनाए कीर्तिमान, बन्यो यो ‘उपलब्धि’ हासिल गर्ने पहिलो जोडी

Nirbachan m

काठमाडौं ।

नेपाल महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले कीर्तिमान बनाएका छन् । उनीहरूले नेपालको तर्फबाट पाँचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी गर्ने ब्याटरको कीर्तिमान बनाएका हुन् । २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् ।

उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् । रुबिना र इन्दुले पाँचौं विकेटका लागि ६० रनको अविजित साझेदारी गरे । जुन नेपाली महिला टी–२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो ।

रुबिना र इन्दुले यो उपलब्धि मलेसियामा जारी एसिसी महिला टी–२० च्याम्पियनसिपमा हासिल गरे । यसअघि पाँचौं विकेटका लागि महिला टी–२० मा सर्वाधिक ठूलो साझेदारी गर्ने रेकर्ड अप्सरी बेगम र सरिता राना मगरको नाममा थियो । उनीहरूले २०१९ मा भुटानविरुद्ध ३२ रनको साझेदारी गरेका थिए । अब अप्सरी र सरिताको रेकर्ड रुबिना र इन्दुले तोडेका छन् ।

टी–२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ । शनिबार मलेसियामा भएको खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गर्‍यो । यसअघि नेपालले शुक्रबार भएको खेलमा भुटानमाथि जित निकालेको थियो ।

शनिबार पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा १०७ रन जोड्यो । नेपालका लागि इन्दू बर्माले नटआउट २८ रन र कप्तान रूबिना क्षेत्रीले नटआउट ३४ रन जोडे । इन्दुले ३३ बलमा २ चौका र रुबिनाले २७ बलमा ४ चौका हिर्काए । ओपनरद्वय ज्योति पाण्डेले १५ रन र विन्दु रावलले ११ रनको योगदान दिए । सीता राना मगर र काजल श्रेष्ठ पाँच.पाँच रनमा आउट भए ।

बलिङमा कुवेतकी मरिएमा हैदरले २ विकेट लिइन् । १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रन जोड्न सक्यो । उसका लागि प्रयदा मुरलीले ३१ रन र कप्तान एम्ना तारिकले १४ रन जोडे। बलिङमा नेपालकी सीता राना मगरले २ विकेट लिइन् ।

जितसँगै नेपाल समूह ‘ए’ मा चार अंक जोड्दै शीर्ष स्थानमा छ । अब नेपालले तेस्रो खेलमा सोमबार बहराइनसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार प्रतिस्पर्धा गर्नेछ । शनिबारको खेलमा नेपालकी कप्तान रुबिना प्लेयर अफ दि म्याच भइन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.