Khabar Board
Flash logo up side
flash header

भारतसँग खेल्नुअघि इंग्ल्याण्डलाई ठूलो झड्का, म्याचबाट बाहिरिए सर्वाधिक सफल खेलाडी

Nirbachan m

काठमाडौं ।

भारतीय टोलीले १ जुलाईबाट इंग्ल्याण्डसँग एक टेष्ट म्याच खेल्दैछ । यसका लागि भारतीय टोली इङ्ल्याण्ड पुगिसकेको छ । म्याच खेल्नुअघि भारतीय टिमलाई खुसीको खबर मिलेको छ । इंग्ल्याण्डका सर्वाधिक सफल बलर जेम्स एन्डरसन म्याचबाट बाहिरिएपछि भारतलाई राहत मिलेको हो ।

एन्डरसनले २३ जुनदेखि लिड्समा हुने न्यूजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट पनि गुमाउने भएका छन् । उनको खुट्टा दुख्ने समस्या रहेको बताइएको छ । डेली मेलको रिपोर्ट अनुसार ३९ वर्षीय एन्डरसनको खुट्टामा चोट लागेको छ, जसका कारण उनले आराम गर्नुपर्नेछ ।

यस्तो अवस्थामा उनले तेस्रो टेष्ट खेल गुमाउने सम्भावना बलियो छ । समाचारका अनुसार चोटका कारण एन्डरसनले भारतविरुद्धको टेष्ट गुमाउने सम्भावना बढी छ । गत वर्षको पाँच टेस्टको शृङ्खलामा भारतीय टोली २–१ ले अगाडि छ ।

भारत र द. अफ्रिकाको निर्णायक खेल आज, यस्तो छ दुवैको सम्भावित–११

भारत र दक्षिण अफ्रिकाले टी–२० सिरिजको पाँचौं तथा निर्णायक म्याच खेल्दैछ । खेल राति ७ः१५ देखि बैंग्लोरस्थित चेन्नइस्वामी स्टेडियममा सुरु हुनेछ । पाँच खेलको सिरिजमा दुवै टिमले दुई/दुई म्याच जितेका छन् ।

Center article

पहिलो दुई खेलमा लगातार जित हात पारेको दक्षिण अफ्रिकाले पछिल्लो दुई खेलमा भने निकै खराब खेल्यो । लय गुमाएको दक्षिण अफ्रिका निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्न चाहन्छ । भारत आफ्नो लय कामयै राख्दै दक्षिण अफ्रिकाविरुद्धको ऐतिहासि सिरिज जित्ने लक्ष्यमा छ ।

हालसम्म घरेलु मैदानमा भारतले दक्षिण अफ्रिकाविरुद्धको सिरिज जित्न सकेको छैन । यदि आजको खेल जित्न सके उसले इतिहास रच्नेछ । आजको खेलमा पनि भारत अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिन चाहन्छ । दक्षिण अफ्रिकाको प्लेइङ–११ मा भने केही परिवर्तन देख्न पाइने सम्भावना छ ।

उसले कप्तान तेम्बा बावुमाको स्थानमा रीजा हेन्ड्रिक्सलाई मौका दिन सक्छ । बावुमा अघिल्लो खेलमा घाइते भएका थिए । त्यस्तै, उसले मार्को जेन्सनको स्थानमा वेन पार्नेललाई खेलाउने सम्भावना छ । त्यस्तै, स्पिनर तरबिज शम्सीको स्थानमा कागिसो रबाडाको कमब्याक हुनसक्छ । शम्सीले जारी सिरिजमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् ।

दक्षिण अफ्रिकाको सम्भावित–११ : क्विन्टन डीकक, रिजा हेन्ड्रिक्स रस्सीभानडर दुसेन, डेविड मिलर, हेनरिक क्लासेन (विकेटकिपर), ड्वेन प्रिटोरियस, मार्को जेन्सेन/वेन पार्नेल, कागिसो रबाडा, केशव महाराज, एनरिक नोर्टजे र लुंगी एनगिडी ।

भारतको सम्भावित–११ : इशान किशन, ऋतुराज गायकवाड, श्रेयस अय्यर, ऋषभ पन्त (कप्तान/विकेटकिपर), हार्दिक पाण्ड्या, दिनेश कार्तिक, अक्षर पटेल, हर्षल पटेल, आवेश खान, भुवनेश्वर कुमार र युजवेन्द्र चहल ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.