काठमाडौं ।
एकदिवसीय सिरिजको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलियाले श्रीलंकालाई २९२ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९१ रन बनायो । उसका लागि ट्रभिस हेडले ६५ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए ।
कप्तान आरोन फिन्चले ८५ बलमा चार चौका र एक छक्कासहित ६३ रन जोडे । त्यस्तै, एलेक्स क्यारीले ५२ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४९ रनको पारी खेले । ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र एक छक्का हिर्काउँदै ३३ रनको आक्रामक इनिङ खेले ।
मार्नस लाबुसेन २९, मिचेल मार्श १० र डेविड वार्नर ९ रनमा आउट भए । क्यामरोन ग्रीन १५ रनमा अविजित रहे । श्रीलंकाका लागि जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन दिएर सर्वाधिक तीन विकेट लिए ।
त्यस्तै, धनन्जय डिसिल्भा, दुशमन्था चामेरा र दुसनथ वेललेगले एक/एक विकेट हात पारे । पाँच खेलको सिरिजमा दुवै टिमले एक/एक म्याच जितेका छन् । पहिलो खेलमा अष्ट्रेलिया २ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने ऊ श्रीलंकासँग २६ रनले पराजित हुन पुग्यो ।