Khabar Board
Flash logo up side
Nirbachan aayog

इंग्ल्याण्डविरुद्ध डच कप्तानको उत्कृष्ट ब्याटिङ, छक्का हिर्काउँदै पूरा गरे अर्धशतक

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सका कार्यवाहक कप्तान स्कट इड्रवासले अर्धशतक पूरा गरेका छन् । उनले ५४ बलमा तीन चौका र दुई छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका हुन् । स्कटले छक्का प्रहार गर्दै शानदार तरिकाले बलियो टोली इंग्ल्याण्डविरुद्ध अर्धशतक पूरा गरे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटकिपरसमेत रहेका स्कटको यो सातौं अर्धशतक हो । उनले आज नियमित कप्तान पिटर सीलारको अनुपस्थितिमा कप्तान गरिरहेका छन् । पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेदरल्याण्ड्स २३२ रनले पराजित भएको थियो ।

सो खेलमा डच टोलीले इंग्ल्याण्डले दिएको ४९९ रनको लक्ष्य पछ्याउने क्रममा २६६ रन बनाएको छ । दोस्रो खेलमा सस्तैमा चार विकेट गुमाए पनि डच टोलीले राम्रो ब्याटिङ गरिरहेको छ । उसले यो समाचार तयार पार्दासम्म ३० ओभरको समाप्तिमा १६१ रन बनाएको छ ।

अष्ट्रेलियाले दियो श्रीलंकालाई बलियो लक्ष्य, म्याक्सवेल र हेडले गरे आक्रामक ब्याटिङ

Panacea Education

एकदिवसीय सिरिजको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलियाले श्रीलंकालाई २९२ रनको लक्ष्य दिएको छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९१ रन बनायो । उसका लागि ट्रभिस हेडले ६५ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए ।

कप्तान आरोन फिन्चले ८५ बलमा चार चौका र एक छक्कासहित ६३ रन जोडे । त्यस्तै, एलेक्स क्यारीले ५२ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४९ रनको पारी खेले । ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र एक छक्का हिर्काउँदै ३३ रनको आक्रामक इनिङ खेले ।

मार्नस लाबुसेन २९, मिचेल मार्श १० र डेविड वार्नर ९ रनमा आउट भए । क्यामरोन ग्रीन १५ रनमा अविजित रहे । श्रीलंकाका लागि जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै, धनन्जय डिसिल्भा, दुशमन्था चामेरा र दुसनथ वेललेगले एक/एक विकेट हात पारे । पाँच खेलको सिरिजमा दुवै टिमले एक/एक म्याच जितेका छन् । पहिलो खेलमा अष्ट्रेलिया २ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने ऊ श्रीलंकासँग २६ रनले पराजित हुन पुग्यो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.