Khabar Board
Flash logo up side
flash header

नेदरल्याण्ड्सले दियो इंग्ल्याण्डलाई प्रतिस्पर्धात्मक लक्ष्य, कप्तानले खेले ७८ रनको आक्रामक पारी

Nirbachan m

काठमाडौं ।

एकदिवसीय सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले पाहुना टोली इंग्ल्याण्डलाई २३६ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४१ ओभरमा झिरिएको खेलमा नेदरल्याण्ड्सले ७ विकेट गुमाएर २३५ रन बनायो । उसका लागि कार्यवाहक कप्तान स्कट इड्रवासले अर्धशतकीय पारी खेले ।

७३ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित ७८ रन बनाए । उनले ५४ बलमा तीन चौका र दुई छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका थिए । स्कटले छक्का प्रहार गर्दै शानदार तरिकाले बलियो टोली इंग्ल्याण्डविरुद्ध अर्धशतक पूरा गरे ।

Center article

एकदिवसीय अन्तर्राष्ट्रियमा विकेटकिपरसमेत रहेका स्कटको यो सातौं अर्धशतकीय पारी हो । उनले आज नियमित कप्तान पिटर सीलारको अनुपस्थितिमा कप्तान गरिरहेका छन् । त्यस्तै, बासडि लीडेले ३४, लोगानभान बीले अविजित ३०, तेजा निदामनुरुले २८, टम कूपरले १७, शेन स्नेटरले अविजित १५ र विक्रमजित सिंहले १० रनको योगदान दिए ।

इंग्ल्याण्डका लागि डेविड विली, आदिल राशिदले दुई/दुई, ब्रायडन कार्से र लियाम लिभिङस्टोनले एक/एक विकेट लिए । पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेदरल्याण्ड्स २३२ रनले पराजित भएको थियो । सो खेलमा डच टोलीले इंग्ल्याण्डले दिएको ४९९ रनको लक्ष्य पछ्याउने क्रममा २६६ रन बनाएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.