Khabar Board
Flash logo up side
flash header

भारतीय पूर्वक्रिकेटर भन्छन्– आईपीएलमा बटलरको भ्यालू ३५ करोड हुनसक्छ

Nirbachan m

काठमाडौं ।

भारतीय पूर्वक्रिकेटर तथा वर्तमान कमेन्टेटर आकाश चोपडाले आईपीएल मिडिया अधिकार (२०२३/२०२७) को बिक्रीमार्फत बिसिसिआईलाई प्राप्त हुने ठूलो लाभले खेलाडीहरूको पारिश्रमिक वृद्धि हुने सम्भावना बढेको बताएका छन् । उनले इंग्ल्याण्डका स्टार ब्याटर जोस बटलरको मूल्यको बारेमा पनि प्रतिक्रिया जनाए ।

आकाशले आफ्नो युट्युब च्यानलमा भनेका छन्, ‘यदि कुनै टोलीलाई खेलाडीमा २०० करोड खर्च गर्ने अनुमति दिइयो भने जोस बटलर जस्ता खेलाडीको एक सिजनको मूल्य ३० देखि ३५ करोड हुनसक्छ । यदि कुनै खेलाडीले साढे तीन महिनाको लागि ३० देखि ३५ करोड भारु पाउँछ भने इङ्ल्यान्ड क्रिकेटले जति पारिश्रमिक दिन्छ भन्ने कुराले फरक पर्दैन, त्यसपछि हरेक खेलाडी आईपीएल खेल्न चाहन्छन् ।’

Center article

आईपीएल २०२२ मा राजस्थानका ब्याटर बटलरले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सर्वाधिक रन (८६३) बनाएर ओरेन्ज क्याप पनि जिताए । आकाशले अगाडि भनेका छन्, ‘म विश्वस्त छु कि आईपीएलले ठूलो भ्यालु पाउनेछ । र, आईसीसीको भविष्यको भ्रमण योजनामा पनि त्यस्तै देखिन्छ । बिसिसिआईले मिडिया अधिकारका लागि ४८ हजार ३९० रुपैयाँ प्राप्त गरेको उल्लेख छ । बोर्डले आगामी पाँच वर्षका लागि लिलामी गरेर हकप्रद बिक्री गरेको हो । यसमा टिभी र डिजिटल अधिकार दुवै समावेश छन् ।’

भर्खरै बिसिसिआर्ईका सचिव जय शाहले पनि आगामी दिनमा आईपीएलका खेलहरू विस्तार गरिने बताएका छन् । यसका साथै उनले आईसीसीसँग आईपीएलको विन्डो बढाउन पनि माग गर्न सकिने बताएका छन् । आईपीएल विश्व क्रिकेटको सबैभन्दा महँगो क्रिकेट लिग हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.