Khabar Board
Flash logo up side
Nirbachan aayog

अस्ट्रेलियामाथि श्रीलंकाको फराकिलो जित, २४ वर्षीय निशंकाले रचे इतिहास

Nirbachan m

काठमाडौं ।

अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली श्रीलंका ६ विकेटले विजयी भएको छ । जारी सिरिजमा अस्ट्रेलियामाथि श्रीलंकाको यो लगातार दोस्रो जित हो । अघिल्लो खेलमा ऊ २६ रनले विजयी भएको थियो ।

तेस्रो खेलमा अस्ट्रेलियाले दिएको २९२ रनको लक्ष्य श्रीलंकाले ४८.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि पथुम निशंका र कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । १४७ बलको सामना गरेका निशंकाले ११ चौका र दुई छक्काको सहयोगमा १३७ रन बनाए । एकदिवसीयमा उनको यो पहिलो शतक हो ।

योसँगै निशंकाले इतिहास रचेका छन् । उनले अस्ट्रेलियाविरुद्ध सर्वाधिक ठूलो पारी खेल्ने श्रीलंकन ब्याटर बन्दै इतिहास रचेका हुन् । यसअघि यो कीर्तिमान सनथ जयसूर्याको नाममा थियो । उनले अस्ट्रेलियाविरुद्ध १२२ रनको पारी खेलेका थिए ।

त्यस्तै, मेन्डिस ८७ रनमा रिटायर्ट हर्ट भए । त्यसक्रममा उनले ८५ बलको सामना गर्दै आठ चौका हिर्काएका थिए । निरोशन डिकवेला, धनन्जय डिसिल्भा २५/२५ रनमा आउट भए । चरिथा अशलंका १३ रनमा अविजित रहे ।

Panacea Education

अस्ट्रेलियाका लागि झय रिचडर्सनले दुई, ग्लेन म्याक्सवेल र जोस हेजलउडले एक/एक विकेट लिए । त्यसअघि कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २९१ रन बनायो ।

उसका लागि ट्रभिस हेडले ६५ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ७० रन बनाए । कप्तान आरोन फिन्चले ८५ बलमा चार चौका र एक छक्कासहित ६३ रन जोडे । त्यस्तै, एलेक्स क्यारीले ५२ बलमा तीन चौका र एक छक्काको सहयोगमा ४९ रनको पारी खेले ।

ग्लेन म्याक्सवेलले १८ बलमा तीन चौका र एक छक्का हिर्काउँदै ३३ रनको आक्रामक इनिङ खेले । मार्नस लाबुसेन २९, मिचेल मार्श १० र डेविड वार्नर ९ रनमा आउट भए । क्यामरोन ग्रीन १५ रनमा अविजित रहे । श्रीलंकाका लागि जेफ्री वान्डरसेले १० ओभरमा ४९ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

त्यस्तै, धनन्जय डिसिल्भा, दुशमन्था चामेरा र दुसनथ वेललेगले एक/एक विकेट हात पारे । यो जितसँगै पाँच खेलको सिरिजमा श्रीलंकाले २–१ को अग्रता लिएको छ । श्रीलंका–अस्ट्रेलियाबीचको चौथो एकदिवसीय मंगलबार हुनेछ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.