Khabar Board
Flash logo up side
Nirbachan aayog

दक्षिण अफ्रिकाविरुद्ध टी–२० सिरिज जित्ने भारतको सपना अधुरै

Nirbachan m

काठमाडौं ।

घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको टी–२० सिरिजअन्तर्गत पाँचौं तथा अन्तिम खेल रद्द भएको छ । बैंग्लोरमा आइतबारका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो । योसँगै सिरिज २–२ को बराबरीमा सकिएको छ ।

यदि यो सिरिज जितेको भए भारतले इतिहास रच्ने थियो । हालसम्म घरेलु मैदानमा उसले दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिज जित्न सकेको छैन । तर, वर्षा बाधक बन्दा भारतको सपना चक्नाचुर भयो । एम चिन्नस्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २ विकेट गुमाएर २८ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु हुन सकेन ।

खेल रोकिँदा कप्तान ऋषभ पन्त एक तथा श्रेयस अय्यर बिना कुनै रन क्रिजमा थिए । भारतका लागि इशान किशनले १५ र ऋतुराज गायकवाडले १० रन योगदान दिए । दक्षिण अफ्रिकाका लागि दुवै विकेट लुङ्गी एनगिडीले हात पारेका थिए । यसअघि दक्षिण अफ्रिकाले सात र चार विकेटको जित निकाल्दा भारत ४८ र ८२ रनले विजयी भएको थियो ।

आज बहराइनको सामना गर्दै नेपाल, सेमिफाइनल पुग्ने सुनौलो मौका

एसिसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा बहराइनको सामना गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा नेपाली समयअनुसार बिहान सवा आठ बजे सुरु हुनेछ ।

नेपाल आज बहराइनलाई पराजित गर्दै लगातार तेस्रो जितका साथ सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले हराएको थियो ।

बहराइन पनि नेपाललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ । यसअघि बहराइनले कुवेतसँगको खेल बिना नतिजा टुंग्याउँदा हङकङसँग आठ विकेटको पराजय बेहोरेको थियो । समूह ‘बी’ मा रहेको नेपाल दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा रहँदा बहराइन समान खेलबाट एक अंकका साथ चौथो स्थानमा छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.