Khabar Board
Flash logo up side
flash header

नेपालमा फेरि क्रिकेट खेल्ने पिटर सीलारको सपना अधुरै

Nirbachan m

काठमाडौं ।

नेदरल्याण्ड्स राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पिटर सीलारले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । नेदरल्याण्ड्स क्रिकेटले कप्तान सीलारले संन्यास घोषणा गरेको जनाएकाे हाे । पछिल्लो समय देखिएकाे ढाडको चोटको कारण उनले संन्यास लिएको बताइएको छ ।

३४ वर्षीय अलराउन्डर संन्यासले नेदरल्याण्ड्सका लागि ५७ एकदिवसीय र ७७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । सन् २००६ मा श्रीलंकाविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय करिअरकाे सुरुवात गरेका उनले भर्खरै इंग्ल्याण्डविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२२ रन बनाउनुका साथै ५५ विकेट हात पारेका छन् । सन् २००८ मा केन्याविरुद्धको खेलमार्फत टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका सीलारले गत वर्ष श्रीलंकाविरुद्ध अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए । उनले टी-२० अन्तर्राष्ट्रियमा एक अर्धशतकसहित ५९१ रन बनाउनुका साथै ५८ विकेट लिएका छन् ।

नेपालमा फेरि क्रिकेट खेल्ने सीलारको सपना अधुरै

Center article

गत वैशाखमा नेदरल्याण्ड्सको टोलीले नेपाल भ्रमण गरेको थियाे । जहाँ उसले नेपाल र मलेसियासँग एकदिवसीय सिरिज खेलेको थियो । सो त्रिकोणात्मक सिरिजमा उसले नेपालविरुद्ध तीनमध्ये एक खेलमा मात्र जित हात पार्‍यो । सिरिज जित्न नसके पनि डच कप्तान पिटर सीलारले नेपाली दर्शकको मन भने जिते । उक्त सिरिजपछि उनले सन् २०१९ मा विश्वकप छनोट हुन नसकेपछि नेपाली टिमको प्रदर्शनमा धेरै परिर्वतन आएको बताएका थिए ।

‘सन् २०१९ को विश्वकप छनोटमा सफल नभएपछि जसरी नेपाली टिम आएको छ । त्यसपछि नेपालले टी–२० मा खेल्ने शैली नै परिवर्तन गरेको छ,’ कप्तान सिलारले भनेका थिए, ‘यो कुरा मैले पहिलो खेल सकिएपछि पनि भनेको थिए । जुन शैलीले नेपाली खेलाडीले खेलिरहेका छन्, यो आश्चर्यजनक त मान्दिन । तर, उत्कृष्ट थियो ।’

कप्तान सिलारले नेपालले एसोसिएट राष्ट्रहरूको नयाँ स्तर निर्धारणसमेत गरेको पनि बताएका थिए । ‘नेपालले एसोसिएट क्रिकेटमा टी–२० तर्फ नयाँ स्तर निधाएरण गरेको छ,’ उनले भने । साथै, कप्तान सिलारले नेपाली समर्थकको प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउनसमेत बताए ।

‘हामी नेपाल आएपछि यहाँ सबैको माया र सम्मान पायौँ । आयोजनाका हिसाबले सबै कुरा गज्जब देखियो । नेपालमा दर्शकबाट अन्तर्राष्ट्रिय क्रिकेटरले पाउनुपर्ने माया, समर्थन र सम्मान छ,’ उनले भनेका थिए, ‘हामीले आशा गरेका छौँ । नेपालले पनि नेदरल्याण्ड्सको भ्रमण गर्नेछ । र, फेरि हामी पनि नेपालमा क्रिकेट खेल्न आउने छौँ ।’ सीलारको फेरि नेपालमा आएर अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सपना अधुरै रहेको छ । किनकी उनले अब अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.