Khabar Board
Flash logo up side
Nirbachan aayog

इरफानले छाने टी-२० विश्वकप खेल्ने भारतको प्लेइङ–११, यी खेलाडीलाई दिए मौका

Nirbachan m

काठमाडौं ।

भारतीय पूर्व अलराउण्डर इरफान पठानले यसैवर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि भारतको प्लेइङ-११ छनोट गरेका छन्। उनले विकेटकीपरब्याट्सम्यान ऋषभ पन्तलाई आफ्नो ११ मा समावेश गरेका छैनन् र भर्खरै भारतीय टोलीमा फर्किएका अनुभवी दिनेश कार्तिकलाई स्थान दिएका छन्।

कार्तिकले आईपीएल २०२२ मा आरसीबीका लागि उत्कृष्ट प्रदर्शन गर्दै लामो समयपछि भारतीय टिममा आफ्नो स्थान बनाएका थिए । पन्तले गएराति मात्रै समाप्त भएको दक्षिण अफ्रिकासँगको टी-२० सिरिजमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । सो सिरिजमा उनले मात्र ५८ रन बनाएका थिए । त्यस्तै, कार्तिकले सो सिरिजमा राम्रो प्रदर्शन गरेका थिए ।

पठानले आफ्नो टप ३ मा अनुभवमा भर परेका छन् र त्यही कारणले राम्रो प्रदर्शन गरिरहेका इशान किशनलाई स्थान दिएका छैनन् । उनले रोहित शर्मा, केएल राहुल र विराट कोहली जस्ता अनुभवी ब्याट्सम्यानलाई शीर्ष क्रमको जिम्मेवारी दिएका छन्।

पठानले सूर्यकुमार यादव, हार्दिक पाण्ड्या र दिनेश कार्तिकलाई चौथो, पाँचौँ र छैटौँ स्थानमा मौका दिएका छन् । त्यस्तै, उनले सातौँ स्थानमा रविन्द्र जडेजालाई टिममा समावेश गरेका छन्। पठानले फास्ट बलरको रुपमा भुवनेश्वर कुमार, जसप्रीत बुमराह र हर्षल पटेल त्यस्तै, स्पिनरको रुपमा युजवेन्द्र चहललाई टिममा मोका दिएका छन्।

टी-२० विश्वकपका लागि पठानले छानेकाे भारतीय प्लेइङ -११ : केएल राहुल, रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, दिनेश कार्तिक (विकेटकीपर) रवीन्द्र जडेजा, हर्षल पटेल, भुवनेश्वर कुमार, युजवेन्द्र चहल र जसप्रीत बुमराह ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.