Khabar Board
Flash logo up side
flash header

एन्फाको अध्यक्षमा नेम्वाङ विजयी, मुख्य प्रशिक्षक परिर्वतन हुने सम्भावना बढ्यो

Nirbachan m

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को नया अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । आज सम्पन्न चुनावमा उनी ४५ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निटकतम प्रतिद्वन्द्वी अर्थात पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत पाए । त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी रिजाव पौडेलले भने एक मत पनि ल्याउन सकेनन् । कुल ८४ मत खसेको थियो ।

अध्यक्षमा नेम्वाङ विजयीसँगै अब मुख्य प्रशिक्षक परिवर्तन हुने सम्भावना बढेको छ । अहिलेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र नेम्वाङबीच सम्बन्ध तित्ततापूर्ण छ । साथै, केही समयअघि अल्मुताइरीलाई बर्खास्त गर्नुपर्ने प्रतिवेदन पनि एन्फामा पेस भएको छ ।

मेयर बालेन भन्छन्– रंगशाला बनाउने चाहना छ

Center article

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् । उनले भने, ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यबस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ,’ ।

कुराकानीका क्रममा मेयर शाहले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ । अहिले पनि काठमाडौं महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ,’ उनले भने ।

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरू महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.