Khabar Board
Flash logo up side
flash header

बलियो टोली हङकङविरुद्ध खेल्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

Nirbachan m

काठमाडौं ।

मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले आज हङकङको सामना गर्दैछ । खेल किनरारा ओभलमा मध्यान्ह १२ बजे सुरु हुनेछ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौथो जितको खोजीमा हुनेछ ।

आज विजयी भए नेपाल समूह विजेता बन्नेछ । नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी होइन । यसअघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपाल एकमा जित र एक खेलमा हार बेहोरेको छ ।

Center article

समूह ’बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । हङकङ २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कपमा छनोट हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ–११ : इन्दु रावल, ज्योति पाण्डे, सीताराना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, रुबिना क्षेत्री (कप्तान), ममता चौधरी, डली भट्ट, कविता कुँवर, अश्मिाना कर्माचार्य र संगिता राई ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.