Khabar Board
Flash logo up side
flash header

खराब लयमा रहे पनि रोयले गरे मोर्गनको खुलेरै प्रशंसा, बताए ‘भावुक’ कुरा

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डका सीमित ओभरका कप्तान इयोन मोर्गन लामो समयदेखि खराब ब्याटिङ लयबाट गुज्रिरहेका छन् । उनको खराब फर्मका कारण धेरै विज्ञहरूले इंग्ल्याण्डको कप्तानको स्थानमाथि प्रश्न उठाइरहेका छन् । यसैबीच, मोर्गनले आफ्नो टोलीका ओपनिङ ब्याटर जेसन रोयको समर्थन पाएका छन् ।

रोयले मोर्गनले छिट्टै ब्याटिङमा फर्कने अपेक्षा गरेका छन् । नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा कप्तान मोर्गन दुवै खेलमा शून्यमै आउट भए । मोर्गनले इङ्ल्याण्डका लागि आफ्नो पछिल्लो २६ इनिङ्समा एक अर्धशतक मात्र बनाएका छन् । गत वर्ष आफ्नो कप्तानीमा इङ्ल्यान्डलाई टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पुर्‍याएका मोर्गनले वर्षभरि नै फर्ममा संघर्ष गरे ।

उनले १६ टी–२० खेलमा १६.६७ को साधारण औसतमा जम्मा १५० रन बनाएका छन् । मोर्गनको खराब फर्म यस वर्ष पनि जारी छ । उनको लयबारे रोयले भनेका छन्, ‘मोर्गन टिमका महत्वपूर्ण सदस्य हुनुहन्छ, एक अविश्वसनीय व्यक्ति हुनुहुन्छ, त्यसैले म उहाँलाई समर्थन गर्दैछु। उहाँको लागि, टोलीले आफूभन्दा धेरै महत्त्वपूर्ण जित्छ ।’

रोयले मोर्गनको कप्तानीमा खेल्न पाउनु सम्मानको कुरा भएको भन्दै अगाडि भनेका छन्, ‘उहाँ हाम्रो टोलीका कप्तान हुनुहुन्छ । र, उहाँको आफ्नै स्कोरभन्दा पनि टोलीको जित महत्त्वपूर्ण छ, जसले उहाँलाई खेल्नको लागि अझ विशेष बनाउँछ । त्यो ठीक हुनेछ । उहाँ पक्कै पनि लयमा पनि फर्कनुहुनेछ ।’

हङकङसँग नेपालको फराकिलो हार, अधुरै रह्यो ठूलो ‘सपना’

एसिसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले पहिलो पराजय बेहोरेको छ । नेपाल आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा हङकङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको ११० रनको लक्ष्य हङकङले १५.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

Center article

उसका लागि मारिको हिलले ३२ बलमा नौ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिइन् । नताशा माइल्सले अविजित २८ र कप्तान केरी चानले १७ रन जोडे । यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३६ बलमा ४ चौकासहित अविजित रहदै ३२ रनको योगदान दिइन् । विन्दु रावलले २३ र अप्सरी बेगमले अविजित २२ रन बनाए । हङकङका बेट्टी चानले दुई तथा एलिसा हुब्राड र मार्यम बिबीले एकरएक विकेट लिए ।

यो हारसँगै चार खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल समूह ‘बी’ को दोस्रो स्थानमा झरेको छ । यदि आज जित निकालेको भए नेपाल समूह विजेताको रूपमा सेमिफाइनल पुग्ने अवसर थियो । तर, यो हारसँगै नेपाल उपविजेताको रूपमा सेमिफाइनल पुग्नेछ ।

योसँगै यसपालि पनि समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने नेपालको सपना अधुरै रह्यो । यसअघि नेपालले भुटानलाई ५० र कुवेतलाई २५ रनले तथा बहराइनलाई आठ विकेटले हराएको थियो । यो जितसँगै आफ्नो विजयी यात्रालाई कायम राखेको हङकङ तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हङकङले यसअघि भुटानलाई १४ तथा बहराइनलाई आठ विकेटले हराएको थियो । नेपाल शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्न अन्तिम खेलमा हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ । हङकङ विजयी भएमा नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल खेल्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.